Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

माईधार-दोमुखा सडक कालाेपत्रै हुँदै,पूर्वाधार थपिँदा पर्यटकको आकर्षण बढ्दो   


माईधार । झापाको प्रमुख पर्यटकीय क्षेत्र दोमुखामा पछिल्लो समय आन्तरिक पर्यटकको थप आकर्षण बन्दै गएको छ । शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नदीको तटमा अवस्थित दोमुखामा हिउँदयाम लागेसँगै वनभोज खाने तथा अवलोकन गर्ने पुग्ने पर्यटककाे लर्को लाग्न थालेको हाे ।

प्रदेश–१ को प्रमुखमध्येको एक पर्यटकीय गन्तव्य दाेमुखामा धमाधम पूर्वाधार निर्माण थपिएसँगै पर्यटकको थप रोजाइमा पर्न थालेकाे दोमुखा पर्यटन विकास समितिले जनाएकाे छ । समितिका अनुसार हिउँदयाम सुरु भएसँगै यहाँ दर्जनौँ वनभोज खाने टोली दाेमुखा आउने गरेका छन् ।

वनभोजको सिजनमा यहाँ दैनिक एक हजारभन्दा बढी पर्यटक आउने गरेकाे समितिका उपाध्यक्ष रमेश तिम्सिनाले बताए । उनले पर्यटकीय क्षेत्र दोमुखालाई नै लक्षित गरी यहाँ शिवसताक्षी नगरपालिकाले नगरकै सबैभन्दा बढी बजेट विनियोजन गरेको बताए ।

चालू वर्षमा दोमुखा क्षेत्रकाे विकासका लागि ६ करोड रुपैयाँ बजेट राखिएकाे  शिवसताक्षी नगरपालिका नगरप्रमुख रोशन थोप्राले बताए । उनले विनियाेजित बजेटमध्ये ५ करोड रुपैयाँ लागतमा दुमुखा पुग्ने करिब ३ किलोमिटर सडक कालोपत्रे हुन लागेकाे बताए ।

पूर्वपश्चिम राजमार्गको माईधार चोकदेखि चुरे क्षेत्रसँग जोडिएको दोमुखासम्मको २ किलोमिटर ९ सय मिटर सडक कालोपत्रे हुन लागेकाे उनले बताए । सडक पूर्वाधार निर्माणका लागि बोलपत्र आह्वान भइसकेको थाेप्राले जानकारी दिए ।

यो सडक कालोपत्रे भएपछि पूर्वी नेपालका साथै सीमावर्ती सँगै भारतका पर्यटकसमेत दाेमुखाकाे भ्रमणमा आउने अपेक्षा नगरपालिकाले गरेकाे छ ।    दोमुखा पर्यटकीय क्षेत्रमा बाल उद्यान र सङ्ग्रहालयसमेत निर्माणाधीन छ । निर्माणाधीन बाल उद्यानका लागि स्वीमिङ पुल निर्माणका लागि नगरपालिकाले ४५ लाख रुपैयाँ छुट्याएको छ ।

यसैगरी, दोमुखामा पर्यटकको थप आकर्षणका लागि बहुसांस्कृतिक सङ्ग्रहालय पनि बनिरहेको छ । सोही सङ्ग्रहालयका लागि थप १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।

कन्काई नदीबाट नहर सुरुआत गरी बाँध निर्माण गरिएको र चुरे क्षेत्रसँग जोडिएको मनोरम क्षेत्र दोमुखामा दर्जनौँ नेपाली चलचित्र तथा म्युजिक भिडियोसमेत छायाङ्कन भएका छन् । यो स्थानमा पूर्वी नेपालका विभिन्न जिल्लाका साथै भारतको पश्चिम बङ्गाल, सिक्किम, बिहारलगायतका स्थानबाट समेत पर्यटक आउने गरेका छन् ।


Read Previous

चालू वर्ष सुख्खा याममा ९० करोड युनिटसम्म विद्युत आयात हुने

Read Next

१ करोड मानिस लाभान्वित हुने मध्यपहाडी राजमार्ग डेढ दशकमा बल्ल ६४ प्रतिशत सम्पन्न

Leave a Reply

Your email address will not be published.