Nepal Purbadhar

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

नेपाल पूर्वाधारका सम्पादक गौतम सम्मानित


काभ्रे । नेपाल पूर्वाधार डटकमका सम्पादक भीम गौतम सम्मानित भएका छन् ।

साहित्य र समाजसेवाको क्षेत्रमा लामो समयदेखि क्रियाशिल शब्दयात्रा प्रकाशनले सम्पादक गौतमसहित तीन पत्रकारलाई सम्मान गरेको हो । सम्मानित हुनेमा फोटो पत्रकार प्रशान्त श्रेष्ठ र रेडियो पत्रकार शिव बञ्जारा छन् । उनीहरुलाई शिक्षा तथा आध्यात्मिक अभियन्ता प्राध्यापक डा. देवमणि भट्टराईले उनीहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

शुक्रबार बनेपास्थित शब्दयात्राको भवनमा आयोजित कार्यक्रममा लामो समयदेखि शिक्षा क्षेत्रमा क्रियाशील शिक्षासेवी रामप्रसाद अधिकारीलाई अभिनन्दन गर्नुका साथै उनको आर्दश शिक्षक नाम अभिनन्दन ग्रन्थ समेत सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा राजनीतिज्ञ एवं समाजसेवी अनारसिंह कार्की, शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्री, सहकारीका अभियान्ता प्रल्हाद प्याकुरेल लगायतले साहित्य, सामाजिक, राजनीतिज्ञ र आर्थिक क्षेत्रबारे चर्चा गरेका थिए ।


Read Previous

५ वर्षमा २५ लाखसम्म रोजगारी सिर्जना गर्ने दलहरुको असम्भव वाचा

Read Next

मातातीर्थ सबस्टेसनको ट्रान्सफर्मरमा समस्या, मातातीर्थ क्षेत्रको विद्युत आपूर्ति प्रभावित

Leave a Reply

Your email address will not be published.