Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

५ वर्षमा २५ लाखसम्म रोजगारी सिर्जना गर्ने दलहरुको असम्भव वाचा


काठमाडौं । देशका प्रमुख दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रले सार्वजनिक गरेको घोषणापत्रमा रोजगार सिर्जनाको असम्भव वाचा गरेका छन् । घोषणापत्र अध्ययन गर्दा कागजी रुपमा कुन दलले धेरै रोजगारी सिर्जना गर्ने भनेर बढाबढमा रोजगारी संख्या लेखेजस्तो देखिन्छ ।

नेकपा एमालेले वार्षिक ५ लाख रोजगारी सिर्जना गर्ने उल्लेख गरेको छ । यसको अर्थ ५ वर्षमा २५ लाख रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ । ‘सुरुआती व्यवसाय गर्न चाहिनेलाई बिउपुँजी (सिड–मनी) सहुलियतपूर्ण ब्याजदरमा उपलब्ध गराइने र कामदार वा श्रमिकको न्यूनतम ज्याला सुनिश्चित गरी समयानुकूल गरेर हरेक वर्ष रोजगारी र स्वरोजगारी गरी वार्षिक ५ लाख रोजगारी सिर्जना गरिनेछ’ घोषणापत्रमा उल्लेख छ ।

एमालेले तीब्र गतिको विकाससँगै उत्पादन, उद्योग र सेवा क्षेत्रमा अधिकाधिक रोजगारीका अवसरहरू सिर्जना गर्ने र श्रमिकहरूको क्षमता विकासका लागि सिपमूलक तालिम र प्रशिक्षणहरू सञ्चालन गरिने भनेको छ । पार्टीले कृषि तथा वन, उद्योग, पर्यटन, ऊर्जा, यातायात तथा सूचना प्रविधि र भौतिक पूर्वाधारलाई रोजगारीको प्रमुख क्लस्टरका रूपमा विकास गर्ने पनि घोषणापत्रमर्फत सार्वजनिक गरेको छ

एमालेले रोजगारी सिर्जना हुने क्षेत्रमा राज्यको लगानी बढाइने र रोजगारी र उद्यमशीलताउन्मुख स्वरोजगारीका लागि सिप, पुँजी र व्यावसायिक तालिम दिइने वाचा गरेको छ ।

युवाहरूलाई तालिम र प्रशिक्षणद्वारा दक्ष तथा अर्धदक्ष श्रमिकका रूपमा विकास गरेर केन्द्र, प्रदेश र स्थानीय तहहरूमा दक्ष श्रमशक्ति आपूर्ति केन्द्र स्थापना गरिने उल्लेख छ ।

कांग्रेसले ५ वर्षमा १२ लाख ५० हजार रोजगारी सिर्जना गर्ने प्रतिवद्धता गरेको छ । व्यापक रोजगारीको सम्भावना बाकेका क्षेत्रको रुपमा सूचना प्रविधि, उद्योग, पर्यटन, निर्माण र यातायात, वित्तीय क्षेत्र, खनिज, कला तथा मनोरञ्जनलाई मानेको छ ।

यसबाहेक अन्य सेवा क्षेत्रमा वाषिक २ लाख ५० हजारसम्म नयाँ रोजगारी सृजना गर्ने सङ्कल्प गरेको छ । लागत घटाइ, उद्यम–आबद्ध जनशक्तिको क्षमता बढाइ संस्थागत सहजतालाई शासकीय संसारकै अंग बनाइ लगानी आकषित गर्ने दाबी गरेको छ ।

अर्को दल माआवादी केन्द्रले ५ वर्षभित्र २० लाख युवालाई छोटो माध्यमबाट रोजगार र स्वरोजगार बनाउने घोषणा गरेको छ ।

राष्ट्रिय रोजगार प्राधिकरणले स्थानीय तहमा जनसंख्याको आधारमा ५ सय देखी १ हजार जनासम्म युवालाई अभिमुखीकरण तालिम, बिउ, पुँजी, सहुलियतपूर्ण कर्जाको व्यवस्था मिलाउने भनिएको छ ।

राष्ट्रिय रोजगार प्राधिकरणको समन्वयमा राष्ट्रिय गौरवका आयोजना, उत्पादनमा आधारित कृषि परीयोजना, पर्यटन र औद्योगिक प्रतिष्ठानहरुमा १० लाख युवालाई रोजगारी दिने घोषणापत्रमा उल्लेख छ ।

वैदेशिक रोजगारीमा जानेहरुलाई एकद्धार प्रणालीबाट सहजरुपमा सेवा प्रवाहको व्यवस्था गर्नुको साथसाथै वैदेशिक रोजगारीमा रहेका युवाहरुलाई नेपाल फर्केपछी रोजगरी र स्वरोजगारी सुनिश्चित गर्न राष्ट्रिय रोजगार प्राधिकरणबाट परामर्श लिन सकिने व्यवस्था मिलाइने भनेको छ ।

माओवादीले रोजगारी र उद्यमशीलता विकासमा महिलालाई प्राथमिकता दिने र महिलाहरुले सामुहिक प्रणालीमा सञ्चालन गर्ने उद्यमको लागि अनुदान तथा कर्जामा थप सहुलियात प्रदान गर्ने घोषणापत्रमार्फत वाचा गरेको छ ।


Read Previous

ट्रिटन कलेजमा नमुना मतदान

Read Next

नेपाल पूर्वाधारका सम्पादक गौतम सम्मानित

Leave a Reply

Your email address will not be published.