Nepal Purbadhar

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

साढे ३ महिनामा जलविद्युतबाट ३१ करोड रोयल्टी


काठमाडौं । सरकारले चालू आर्थिक वर्षको साढे ३ महिनामा जलविद्युतबाट ३१ करोड रुपैयाँ रोयल्टी लिएको छ । निर्माण सम्पन्न भई सञ्चालनमा रहेका जलविद्युत केन्द्रका प्रवर्द्धक कम्पनीले साउनदेखि कात्तिक दोस्रो सातासम्ममा यति रोयल्टी तिरेका हुन् ।

नेपाल विद्युत प्राधिकरण र निजी ऊर्जा उत्पादकले निर्माण गरेका जलविद्युत केन्द्रको जडि क्षमता र विद्युत बिक्रीबाट भएको आम्दानीको रोयल्टी तिरेको विद्युत विकास विभागका महानिर्देशक चिरञ्जीवी चटौतले बताए । उनका अनुसार सञ्चालनमा रहेका जलविद्युत प्रवर्द्धकले नियमितरूपमा आएर जलविद्युत केन्द्रको रोयल्टी बुझाइरहेका छन् ।

‘गत आर्थिक वर्षमा ३ अर्ब ५ करोड रुपैयाँ रोयल्टी रकम संकलन भएको थियो,’ उनले भने, ‘चालू आर्थिक वर्ष सुरु भए यता रोयल्टी रकम उठिरहेको छ ।’ उनले चालू वर्षमा पनि ३ अर्ब बढी रोयल्टी संकलन हुने जानकरी दिए ।

विद्युत प्राधिकरणले ५७५ मेगावाट बढीका जलविद्युतगृहको डेढ अर्ब रुपैयाँ बढी रोयल्टी विभागलाई बुझाउने गरेको छ । बाँकी रोयल्टी निजी क्षेत्रका जलविद्युतगृहले तिर्छन् ।

विद्युत ऐन २०४९ को दफा ११ मा भएको व्यवस्था बमोजिम अनुमति प्राप्त जलविद्युत केन्द्रले व्यापारिक उत्पादन सुरु गरेको १५ वर्षसम्म जडित क्षमताको प्रतिकिलोवाट १ सय रुपैयाँ र प्रतियुनिट ९किलोवाट घन्टा० सरदर बिक्री मूल्यको २ प्रतिशतका दरले सरकारलाई रोयल्टी बुझाउनु पर्छ ।

अहिले सरकारलाई रोयल्टी रकम तिर्ने निजी क्षेत्रका जलविद्युत केन्द्रकाे १३७ पुगिसकेको छ । विद्युत प्राधिकरण अन्तर्गत २० जलविद्युतगृहले राेयल्टी तिर्छन् ।

  विद्युत उत्पादन अवधिको १५ वर्ष पूरा भइसकेपछि जलविद्युत आयोजनाले प्रतिजडित किलोवाट वार्षिक १ हजार रुपैयाँ र प्रतियुनिट (किलोवाट घन्टा) औसत बिक्री मूल्यको १० प्रतिशत रोयल्टी रकम सरकारलाई बुझाउनु पर्ने व्यवस्था छ ।

रोयल्टी बापत उठेको रकम केन्द्र सरकार, जलविद्युत केन्द्रकाे सम्बन्धित जिल्ला तथा स्थानीय तहमा वितरण हुने गर्दछ । स्थानीय स्तरमा जलविद्युत आयोजना निर्माण हुँदा स्थानीयबासी तथा सम्बन्धित जिल्लाको विकासमा पनि योगदान पुग्ने गर्दछ ।


Read Previous

घोराही उपमहानगरपालिकाकाे ग्रेडर मेसिन हाँक्दै अनिता

Read Next

किन टिकेन नेपाली बजारमा डिजिटल प्लेटफर्म ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *