Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
निर्माण व्यवसायी महासंघको २५औं साधारणसभाको तयारी पूरा, शुक्रबार प्रधानमन्त्रीले उद्घाटन गर्ने ‘स्मार्ट नगर’ बन्दै धुलिखेल नगरपालिका, नागरिकलाई घरबाटै सेवा  मध्यपहाडी लोकमार्ग निर्माणले छेउछाउमा मानव बस्ती बढ्दै    सुपर त्रिशूली जलविद्युत आयाेजनाकाे इआइए बदरकाे माग गर्दै सर्वाेच्चमा मुद्दा दायर ग्लोबल आइएमई बैंक र आइएफसीबीच जोखिम व्यवस्थापन,लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी रसुवागढी जलविद्युत आयाेजनाः विद्युतगृहकाे उपकरण परीक्षण अन्तिम चरणमा    प्रतिकूल मौसमले ‘भिजिबिलिटी’ कमजोर हुँदा हवाई उडान प्रभावित    दैलेखका ४ गाउँपालिकाका ७ गाउँमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युतीकरण

किन टिकेन नेपाली बजारमा डिजिटल प्लेटफर्म ?


काठमाडौ । ओटिटी (ओभर द टप) प्रति आकर्षण लकडाउनको समयमा बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रूपमा डिजिटल प्लेटफर्म रोजे ।

अन्तर्राष्ट्रिय रूपमा सुरु भइसकेको नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्ने प्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायतका ओटिटी प्लेटफर्म दर्शकका प्रिय बने ।

नेपालीसमेत उल्लेखित ओटिटीका प्लेटफर्मतर्फ आकर्षित हुँदा नेपालमै रहेका आइफ्लिक्स, भिडियो पसल, सिनेमाघरजस्ता एपले भने धेरै दर्शक तान्न सकेनन् । नेपाल राष्ट्र बैंकले ५ सय डलरसम्म वार्षिकरूपमा खर्च गर्न मिल्ने गरी कार्ड उपलब्ध गराएपछि पनि विदेशी एपमै दर्शक बढेका छन् । आइफ्लिक्स र चलचित्र टिभीले सफलता नपाएपश्चात बन्द नै भयो ।

सिनेमाघर एपसँग सन् २०१८ मै जोडिएका अभिनेता तथा निर्देशक खगेन्द्र लामिछानेले दर्शकलाई एपमा फिल्म हेर्ने बानीको विकास गरिरहेको बताए । ‘युट्युबबाट दर्शकलाई एपमा फिल्म हेर्ने बानी बसाउन केही समय निःशुल्क फिल्मसमेत उपलब्ध गराएका थियौँ ।

सन् २०१६ मै डिजिटल भविष्य देखेर खोलिएको सिनेमाघरमा दुई वर्षपश्चात म सञ्चालकको रूपमा जोडिए’, अभिनेता लामिछानेले भने, ‘नयाँ फिल्म र ओर्जिनल कन्टेनले दर्शक तान्नेमा विश्वस्त छौँ । हामीले त्यसको तयारीसमेत थालिरहेका छौँ ।’ उनले गत लकडाउनमा पुरानै फिल्ममा समेत दर्शक बढेको बताए ।

आइफ्लिक्स र भिडियो पसल सञ्चालन गरिसकेका ओम अग्रवाल भने पाइरेसीको समस्याले ओटिटीमा जोखिम देख्छन । आफ्नै ओएसआर प्ले नामक एपको तयारी गरिरहेका अग्रवालले सुरक्षाको चुनौती रहेको बताए ।

‘पाइरेसी गर्नेलाई कडा कारबाही नहुँदा समस्या देखिएको हो । युट्युबमा फ्रीमा फिल्म हेरिरहेका दर्शकलाई नयाँ फिल्ममार्फत आकर्षित नगरेका होइनाैं, तर लकडाउनले केही असर ग¥यो’ सञ्चालक अग्रवालले भने । आइफ्लिक्स बन्द भएपछि उनीसहितको ओएसआर डिजिटल टिम भिडियो पसलमार्फत फिल्म दर्शकमाझ पुर्याइरहेकाे छ ।

अभिनेता लामिछानेले आफ्नो एपमा चार तहको सुरक्षा रहेको जानकारी दिए । ‘सिनेमाघरबाट पाइरेसी गर्नेलाई सहजै समात्न सकिन्छ । हामीले केही समय अगाडि एक जनालाई सजायसमेत दिलाएका थियौँ ।

पाइरेसीसम्बन्धी शिक्षाको कमीले नै यस्तो भइरहेको छ’, अभिनेता लामिछानेले भने, ‘अहिले ओटिटीले मुनाफा दिन थालेपछि विस्तारै निर्माता आकर्षित भइरहेका छन् । हामीले गत दसैँमा प्रदर्शन गरेको दुई फिल्मले राम्रो मुनाफा दिएको छ ।’

उनले एपमा ‘कबड्डी ४ः द फाइनल म्याच’ रिलिज गरेका छन् । यसले नयाँ दर्शक थपिने र पुरानो फिल्मसमेत हेरिने विश्वास उनमा छ । ‘अहिले हाम्रो मुनाफा भनेकै दर्शक हुन् । सिनेमाघर चार लाखपटक डाउनलोड भइसकेको छ । उनीहरूमा नेपाली ओटिटीमा फिल्म हेर्ने बानी विकसित भएमा आउँदो दिनमा हामीले सफलता पाउनेछौैं’ अभिनेता लामिछानेले भने ।

निर्देशक रामबाबु गुरुङले आफ्नो फिल्म युट्युब अगाडि एपमा दिनुको कारण दर्शक विकास र बजारको सम्भावना रहेको बताए । ‘हामी कहाँ भएको ओटिटीमा दर्शकलाई आकर्षित गर्न प्रदर्शन गर्दैछौँ । यसले आउँदा दिन सहज हुनेमा विश्वत छु, निर्देशक गुरुङले भने ।

डिजिटल बजारलाई सघाउन चलचित्र विकास बोर्ड पनि तयार रहेको सदस्य फणिन्द्र कटवालले बताउँछन । ‘सञ्चार मन्त्रालयले यसका लागि बजेटसमेत विनियोजन गरिसकेको छ ।

कार्यविधि तयार गरेर ओटिटीलाई सघाउने हाम्रो योजना छ’, सदस्य कटवालले भने । उनकै संयोजकत्वमा बोर्डले ओटिटीलाई नियमन गर्ने र सञ्चालन गर्ने कार्यविधि तयार गर्दैछ ।

नेपालमा सञ्चालनमा आएका ओटिटी भनिने डिजिटल प्लेटफर्मले नयाँ कन्टेन ल्याउन नसक्दा दर्शक विदेशी प्लेटफर्ममै रमाइरहेका छन् ।

ठूलो पर्दामै देखिने कलाकारलाई लिएर कन्टेन बनाएर ओटिटीमा ल्याउने तयारीमा रहेता पनि यसले पूर्णता पाउन सकेको छैन ।

(भेषराज कार्की/रासस)


Read Previous

साढे ३ महिनामा जलविद्युतबाट ३१ करोड रोयल्टी

Read Next

खपत घटेपछि सिमेन्ट उद्योगमा देखिन थाल्यो समस्या, क्षमताको आधा मात्र सञ्चालन

Leave a Reply

Your email address will not be published.