Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’ भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने    राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने ट्रयाक खुलेकाे ३ दशकपछि मानपुर-बुलिङटार सडकखण्डमा कालोपत्र गरिँदै    इभी र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, पहिलाे दिन ३ प्राविधिक सत्र हुँदै

ट्राफिक प्रहरीले गर्यो २१ ओटा दुई पाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण


काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका २१ ओटा दुई पाङग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमका बीच प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण गरे ।

दुई पाङ्ग्रे सवारी साधन चोरी भएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सवारी धनीले विभिन्न मितिमा दिएको निवेदनका आधारमा खोजतलास गर्दा भेटिएका १५ ओटा मोटरसाइकल र ६ ओटा स्कुटर हस्तान्तरण गरिएको हो ।

गत साउनदेखी असोज ३० गतेसम्म दुई पाङ्ग्रे सवारी साधन चोरी भएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ४०२ ओटा निवेदन प्राप्त भएका थिए । प्राप्त निवेदनको आधारमा चोरी भएका सवारी साधन ट्राफिक प्रहरीले खोजी गर्दा १५९ ओटा फेला परेका थिए ।

जसमध्ये साउन महिनामा ६८ ओटा र भदौमा ३८ ओटा सवारी साधन धनीलाई जिम्मा लगाइ सकिएको छ । यस्तै असोजमा ३२ ओटा सवारी साधन सम्बन्धित धनीको जिम्मा लगाइएको छ ।

यही असोज महिनामा चोरीको एउटा मोटरसाइकल सहित नियन्त्रणमा आएका एक जनालाई भने आवश्यक कारवाहीको लागी सम्बन्धित वृत्तमा पठाइएको प्रहरी नायब उपरीक्षक सन्तोष रोकाले जानकारी दिए ।


Read Previous

अझै एकीकृत छैन सरकारी सेवामा सूचना प्रविधिको उपभोग

Read Next

सहरीबस्तीमा समावेशी विकास नभएकोमा सरोकारवालाको चिन्ता

Leave a Reply

Your email address will not be published.