हरित हाइड्रोजनबारे प्रधानमन्त्रीको चासो,अमेरिका र चीन भ्रमणमा छलफलको एजेन्डा बनाउने प्रतिबद्धता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले हरित हाइड्रोजनको पछिल्लो प्रगतिकाबारेमा विज्ञहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री दाहालले काठमाडौं विश्व विद्यालयका विज्ञहरूलाई बोलाई हरित हाइड्रोजनको क्षेत्रमा भइरहेको प्रगति र नेपालले उत्पादन गर्न सक्ने सम्भावनाबारे परामर्श गरेका हुन्