जुरोपानी सबस्टेसन सञ्चालनमा,गौरादह दक्षिणकाे विद्युत आपूर्तिमा सुधार
काठमाडौं । झापाको गौरादह नगरपालिका–७ ग्वालडुब्बा, जुरोपानीमा ३३/११ केभी नयाँ सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनामार्फत निर्माण गरिएको सबस्टेसन आइतबारबाट सञ्चालनमा आएकाे हो ।