नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा
काठमाडाैं । रामेछापको उच्च हिमाली क्षेत्रमा निर्माणाधीन ५७.५ मेगावाटको नुप्चे-लिखु जलविद्युत् आयोजनाको मुख्य सुरुङ पूरा भएकाे छ । भिजन इनर्जी एण्ड पावर लिमिटेडले निर्माण गरिरहेको आयोजनाको लिखुतर्फकाे १.४२६ किलाेमिटर लामाे मुख्य सुरुङ खनेर सकिएकाे हाे ।