Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
साढे २८ हजार मेगावाट जडित क्षमता पुर्याउन ६१ खर्ब लगानी चाहिने,स्वदेशी पुँजीबाट २० खर्ब जुट्दा, बाँकी कसरी जुटाउने ? बागलुङ-म्याग्दी सडकमा कालोपत्र गर्न सुरु २५ हजारले अवलोकन गरे हिमालयन हाइड्रो एक्स्पो,प्रतिश्पर्धामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार वितरण ऊर्जा सुरक्षाको लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प, ‘नेपालमा उत्पादन हुने हाइड्रोजन संसारकै सस्तो’ ऊर्जा विकासमा भूराजनीतिक प्रभाव व्यवस्थापन र प्रसारण सञ्जाल विस्तारमा जोड हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर सालझण्डी-ढोरपाटन सडक निर्माणले गति लिन सकेन झापाकाे मेचीनगरमा ३ खानेपानी आयोजना सम्पन्न

एनएमबी बैंक र वैकल्पिक ऊर्जाबीच नवीकरणीय उर्जाको प्रवर्द्धन गर्न सम्झौता


काठमाडौं । एनएमबी बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको केन्द्रीय नवीकरणीय ऊर्जा कोषबीचमा कर्जा नोक्सानी सुरक्षण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मधेश प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा नवीकरणीय ऊर्जाका क्षेत्रमा लगानी प्रवर्द्धन गर्न दीगो ऊर्जा जोखिम कोष कार्यक्रमअन्तर्गत कर्जा नोक्सानी सुरक्षण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

यो कोष बेलायत सरकारको अनुदानमा नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमको सहयोगमा स्थापना भएको हो । यो सम्झौताअन्तर्गत बैंकले उल्लेखित प्रदेशहरुमा नवीकरणीय ऊर्जा परियोजनामा गरेको कर्जा लगानीको भुक्तानी नभएमा त्यस्ता कर्जामा कोषले २० प्रतिशत साँवा रकमसम्मको सुरक्षण प्रदान गर्नेछ । यसले एनएमबी बैंकलाई नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी विस्तार गर्नको लागि सहयोग मिल्नेछ ।

एनएमबीले दीगो बैंकिङ मार्फत देशमा वास्तविक अर्थतन्त्रको प्रवर्द्धनका लागि साना तथा मझौला, कृषि, पूर्वाधार र ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ । बैंकले स्वच्छ ऊर्जाको प्रवर्द्धन, नेपालको ऊर्जा पूर्वाधार र आपूर्ति प्रणालीलाई अझ दीगो तरीकाले रूपान्तरण गर्ने, स्वच्छ र नवीकरणीय ऊर्जाको उपयोग गर्ने र भारतबाट बिजुली र जीवाषेश इन्धन आयातमा रहेको ठूलो परनिर्भरता घटाउने सरकारको पहललाई साथ दिईरहेको जनाउको छ ।

बैंकले अन्तर्राष्ट्रिय मान्यता प्राप्त हरित कर्जा लगानी सिद्धान्तहरुको आधारमा आफ्नो हरित लगानी कार्यविधी र वातावरणीय एवं सामाजिक व्यवस्थापन प्रणालीको विकास गरी अन्तर्राष्ट्रिय वित्त निगमले निर्देशित गरेका मापदण्डहरु र अन्तर्राष्ट्रिय अभ्यासहरुलाई समेत समेटेर तयार पारेको छ ।

‘यो साझेदारीले देशमा नवीकरणीय ऊर्जाको लगानीलाई विस्तार गर्नको लागि सहयोग प्रदान गर्नेछ । यसले नवीकरणीय ऊर्जा क्षेत्रलाई मुल प्रवाहमा ल्याई ऊर्जा र वित्तीय सेवामा पहूँच नपुगेको जनसंख्यामा नवीकरणीय ऊर्जाको प्रवर्द्धनका लागि प्रोत्साहित गर्नुको साथै सम्झौतापश्चात बैंकको हरित कर्जा अझ बढी लक्षित वर्गमा पुग्नेमा विश्वस्त छौं’ एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने ।

बैंकले जनवरी २०१८ देखि नै केन्द्रीय नवीकरणीय ऊर्जा कोषको लागि ह्यान्डलिंग बैंकको भूमिकामा समेत कार्य गर्दै आईरहेकोे छ ।


Read Previous

सवारी साधनमा लगाइने इम्बोस्ड नम्बरप्लेट के हो ? 

Read Next

उद्योग परिसंघले ‘समर टुरिजम क्याम्पेन’ शुभारम्भ गर्याे

Leave a Reply

Your email address will not be published.