Nepal Purbadhar

सिंहदरबारबाट किस्पाङ गाउँपालिका अध्यक्ष पक्राउ


काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ परेका छन्।

बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले राखेको बैठकमा सहभागी भएका तामाङलाई बैठक सकिएलगत्तै सिंहदरबारबाट पक्राउ गरिएको हो।

अरुण अर्यालको जाहेरीका आधारमा तामाङविरुद्ध बैंकिङ कसुर मुद्दा दर्ता भएको थियो। प्रहरी वृत्त दरबारमार्गमा दर्ता भएको उक्त मुद्दामा तामाङलाई पक्राउ गर्न सोही वृत्तले अनुमति मागेको र अदालतको अनुमतिपछि उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाले बताए।

प्रहरीले तामाङलाई पक्राउ गर्न हिजै काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको थियो।

४३ वर्षीय तामाङले काठमाडौंको नयाँबजारमा ‘ओसिन ट्रान्सपोर्ट एण्ड एडभेन्चर प्रालि’ नामक कम्पनी सञ्चालन गर्दै आएका थिए।


Read Previous

भोटेकोशी बाढीपीडित १०० घरधुरीलाई ताराङ नेपाल र पिस विन्ड्स जापानको राहत

Read Next

बाढी प्रभावित सडक असोजभित्र सञ्चालनमा ल्याउने सरकारको तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar