
काठमाडौं । नेपाल–चीन जोड्ने चिलिमे–केरुङ विद्युत् प्रसारण लाइन आयोजनाको कार्यान्वयनका लागि चीन सरकारलाई पठाइने ‘लेटर अफ रिप्लाइङ’ स्वीकृत हुने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘लेटर अफ रिप्लाइङ’ स्वीकृत निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेल बताए ।











