
Gagan Thapa visiting voting center at Barathawa,Sarlahi. Photo: Prakash Chandra Timilsena/Nepal Photo Library
सर्लाही । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत सर्लाही क्षेत्र नम्बर–४ मा मतगणना सुरु भएको छ।
नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार रहेको उक्त क्षेत्रमा शुक्रबार बिहान करिब सवा १० बजेदेखि मतगणना सुरु गरिएको हो।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार पहिलो चरणमा बलरा नगरपालिकाको वडा नम्बर ३, ५, ६, ७, १० र ११ मा खसेको मतबाट गणना सुरु गरिएको छ।
बलरा नगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहको गृहपालिका भएकाले प्रारम्भिक परिणामलाई चासोका साथ हेरिएको छ।
