Nepal Purbadhar

दुबईमा फ्लाइ नेपा ट्राभलको नयाँ कार्यालय उद्घाटन


काठमाडौं । फ्लाइ नेपा ट्राभलले आफ्नो अन्तर्राष्ट्रिय विस्तार रणनीतिअन्तर्गत संयुक्त अरब इमिरेट्सको दुबईमा नयाँ कार्यालय औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।


कम्पनीका ग्लोबल सीईओ तथा अमेरिका लागि पर्यटन प्रवर्द्धक बिनोद अधिकारीको नेतृत्वमा आयोजित विशेष समारोहबीच कार्यालय उद्घाटन गरिएको हो। दुबई विस्तारमार्फत नेपाल, यूएई, क्यानडा र संयुक्त राज्य अमेरिका बीचको यात्रु आवतजावत तथा पर्यटन सहकार्य सुदृढ बनाउने लक्ष्य लिइएको कम्पनीले जनाएको छ। यूएईमा बसोबास गर्ने पाँच लाखभन्दा बढी नेपाली समुदायका साथै स्थानीय इमिराती समुदायलाई सेवा प्रदान गर्ने उद्देश्य पनि राखिएको छ।


नयाँ कार्यालयले होलिडे प्याकेज, भिसा सहजीकरण, होटल बुकिङ, यातायात व्यवस्थापन तथा कर्पोरेट ट्राभल व्यवस्थापनजस्ता समग्र यात्रा सेवा उपलब्ध गराउनेछ। कम्पनीले नेपालका प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटन प्याकेजहरू प्रवर्द्धन गर्ने जनाएको छ। साथै तिब्बत र भूटानका भ्रमण प्याकेजहरू पनि एएमए एडभेन्चरसँगको सहकार्यमा सञ्चालन गरिने बताइएको छ।


उद्घाटन समारोहमा बोल्दै सीईओ अधिकारीले दुबई विश्वव्यापी व्यापार तथा यात्राको केन्द्र भएकाले कम्पनीको ‘संस्कृति र समुदायलाई जोड्ने’ दृष्टिकोणसँग मेल खाने बताए। ‘यो विस्तारले नेपाल, यूएई, क्यानडा र संयुक्त राज्य अमेरिका बीचको सम्बन्धलाई थप सुदृढ बनाउने हाम्रो प्रतिबद्धता छ,’ उनले भने।
काठमाडौंस्थित मुख्यालयबाट सञ्चालन हुँदै आएको फ्लाइ नेपा ट्राभलले विश्वव्यापी रूपमा भरपर्दो, सहज र पहुँचयोग्य यात्रा समाधान उपलब्ध गराउने लक्ष्यसहित अन्तर्राष्ट्रिय विस्तारलाई निरन्तरता दिएको जनाएको छ।


Read Previous

कमल थापाको घरदैलोमा जे देखियो….

Read Next

कुलमान घिसिङको उज्यालो नेपाल पार्टीको प्रतिबद्धता सार्वजनिक, २०३५ सम्म २५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar