Nepal Purbadhar

बिहानैदेखि भृकुटी मण्डपमा कांग्रेसको विशेष महाधिवेशन


काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र हुँदैछ । काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि जारी विषेश महाधिवेशनअन्तर्गत पहिलो दिन उद्घाटन सत्र भएको थियो भने आज बन्द सत्र गर्ने कार्यतालिका तय गरिएको हो ।

महाधिवेशन प्रचार प्रसार समिति संयोजक सुवास पोखरेलका अनुसार महाधिवेशन प्रतिनिधिको दर्ता कार्यक्रम आज बिहान ११ बजेसम्म जारी रहने छ त्यस लगतै भृकुटीमण्डपस्थित हलमा बन्दसत्र शरू हुनेछ ।

आज बन्द सत्रको सुरुमा विषेश महाधिवेशनको कार्याविधि बनाउने तालिका रहेको छ। त्यसपछि नौ ओटा समूह निर्माण गरेर चार ओटा विषयमाथि नीति मन्थन हुनेछ।

चार विषयहरुमध्ये विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार र समसामयिक विषयमाथि बृहत् छलफल हुने पोखरेलले जानकारी दिए ।

नीति मन्थनपछि नेतृत्व परिवर्तन गर्ने या नगर्ने भन्नेबारे बृहत छलफल हुनेछ । यदि नेतृन्व परिवर्तनको पक्षमा निर्णय भएमा निर्वाचन समिति गठन गरी थप प्रक्रिया बढाइने पोखरेलले बताए ।

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी


Read Previous

सरकारले विकल्प नदिई पीपीए गर्दिन भन्न पाउँदैन- इप्पान अध्यक्ष गणेश कार्कीको अन्तर्वार्ता

Read Next

कर्णाली र सुदुरपश्चिमको विकासको ढोका खोल्ने १९०२ मेगावाटको मुगु कर्णाली हाइड्रोको अध्ययन पूरा, ५ खर्ब १५ अर्ब लाग्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar