
काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेड हकप्रद सेयर जारी गर्ने भएको छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १०५ प्रतिशत अर्थात १:१.५ अनुपातमा हकप्रद जारी गर्नलागेको हो ।
पुस ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हकप्रद जारी गर्ने निर्णय गरेको हो । कम्पनीले सार्वजनिक सूचना प्रकाशन गरेर यसबारे सेयरधनीलगायत सरोकारवाला निकायहरुलाई जानकारी गराएको छ ।
कम्पनीले पुस ३० गते साधारण सभा बोलाएको छ । साधारण सभामा हकप्रद जारी गर्ने विशेष प्रस्ताव गर्न लागिएको छ ।
उक्त हकप्रदबाट उठ्ने रकमको उपयोगबारे सञ्चालक समितिले निर्णय गर्नेछ । कम्पनीको पुस २१ गतेका दिन सेयरधनी दर्ता किताब बन्द गरिनेछ ।
कम्पनीले दैलेखमा ४ मेगावाटको जलविद्युत केन्द्र सञ्चालनमा ल्याएको छ ।
3x23_Notice-AGM-Upper-Lohori-Khola-1









