
काठमाडौ । पोखरामा विदेशी पर्यटकले भाइटिका ग्रहण गरेका छन् । होटल संघ पोखरा नेपालको आयोजनामा लेकसाइडस्थित होटल पौवामा आयोजना गरेको भाइटिका महोत्सवमा नेपाल घुम्न आएका विदेशी पर्यटकलाई बिहीबार भाइटिका लगाइएको हो ।
संस्कृतिका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने उद्देश्यसहित महोत्सव आयोजना गरिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । भाइटिका लगाउने कार्यक्रममा उत्साहपूर्ण रुपमा विदेशी पर्यटक सहभागी भएको सुवेदी बताए ।
महोत्सवमा तिहारको महत्व, दीपावली तथा तिहारका पाँचै दिनका बारेमा सहभागी पर्यटकलाई जानकारी दिराइएको थियो ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।