
काठमाडौं । गोंगबुको एक घरमा प्रहरीले छापा मार्दा करिब चार करोड रुपैयाँ नगद फेला परेको छ ।
प्रहरीकाअनुसार गोंगबुस्थित विनोदकुमार श्रेष्ठको घरबाट स्रोत नखुलेको घरगहनासँगै चार करोड रुपैयाँ फेला परेको हो ।
सूचनाका आधारमा छापा मार्दा उक्त रकमका साथै गरगहना फेला परेको प्रहरीले जनाएको छ । उक्त रकम भन्सार छलेर ल्याइएको गरगहनाको भण्डारण र बिक्रीबाट आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
नगद र गरगहनाका साथै प्रहरीले एक जनालाई नियन्त्रणमा पनि लिएर थप अनुसन्धान गरिरहेको छ ।
Facebook Comments