Nepal Purbadhar

स्थगित भयो विश्वकै शक्तिशाली अन्तरिक्ष यानको परिक्षण


काठमाडौं । विश्वकै सबैभन्दा शक्तिशाली अन्तरिक्ष यान स्टाररीपको १० औं परिक्षण ग्राउन्ड सिस्टममा आएको खराबीका कारण स्थगित भएको छ ।

अन्तरिक्षयान प्रक्षेपणका लागि जमिनमा रहेका उपकरण, मसिन र प्रणालीमा आएको प्राविधिक समस्याका कारण तत्कालका लागि परिक्षण रोकिएको हो ।

२५ अगस्ट अर्थात आज सोमबार अमेरिकी समयअनुसार उक्त अन्तरिक्ष यान अमेरिकाको बोका चिकाबाट बिहान ५ बजे परिक्षण हुन लागेको थियो ।

यसअघि २९ जुनमा परिक्षण प्रक्षेपण उडान हुन लागेको अन्तरिक्ष यान स्टेटिक फायर टेस्टको समयमा पडकिएको थियो । यो परिक्षण गर्दा अन्तरिक्ष यानलाई जमिनमा राखेर यसको इन्जिन चालु गरिन्छ, ताकी प्रक्षेपणभन्दा पहिला सबै कुरा ठीक रहेको निर्धारण गर्न सकिन्छ ।

संसारकै सबैभन्दा धनि व्यक्ति एलन मस्कको कम्पनी स्पेसएक्सले यो रकेट बनाएको हो । यो अन्तरिक्ष यानको माथिल्लो अंश स्पेसक्राफ्ट र तल्लो अंश सुपर ह्याभी बुस्टरलाई संयुक्त रुपमा स्टारशिपको नाम दिइएको छ । यो अन्तरिक्ष यानको उचाई ४०३ फिट रहेको छ भने यो पूर्ण रूपमा पुनर्प्रयोग गर्न मिल्ने किसिमको रहेको छ ।

Facebook Comments

Read Previous

शिक्षक महासंघले सुरू गर्‍यो पहिलो चरणका आन्दोलन

Read Next

अनुदान भुक्तानी माग्दै दोस्रो दिन पनि आन्दोलनमा उखु किसान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar