Nepal Purbadhar

शिक्षक महासंघले सुरू गर्‍यो पहिलो चरणका आन्दोलन


काठमाडौं । नेपाल शिक्षक महासंघले आजदेखि पहिलो चरणको आन्दोलन सुरू गरेको छ ।

सोमबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष ध्यानाकर्षण पत्र बुझाउँदै पहिलो चरणको आन्दोलन सुरू भएको जानकारी दिएको हो ।

पत्रमा भनिएको छ, ‘महासंघले २०७५ साल, २०७८ साल र २०८० सालमा ठूलाठूला आन्दोलन गरी तिनै आन्दोलनका बलमा नेपाल सरकारसँग क्रमश: ३० बुँदा, ५१ बुँदा र ६ बुँदामा सहमती गरेको थियो । विगतमा भएका ती सबै सहमती समावेश गरी विद्यालय, विद्यार्थी र शिक्षक कर्मचारी मैत्री ऐन जारी गरिनुपर्छ भन्ने मागमा २०८१-०८२ को आन्दोलन भएको हो । उनानब्बे दिनसम्म चलेको त्यस आन्दोलनको उत्कर्षमा २०८१ चैत्र २० गतेबाट २९ दिनसम्म काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलन सञ्चालन भयो । त्यही गर्विलो आन्दोलनको बलमा २०८२ वैशाख १७ गते नेपाल सरकार र महासङ्घ बीच सहमती भयो ।’

उक्त सहमतीकै आधारमा २०८२ वैशाख १७ गते नेपाल सरकार मन्त्रीपरिषले ९ बुँदे निर्णय गरेको थियो । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले २०८२ असार १५ गते भित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गराउने लिखित प्रतिबद्धतामा हस्ताक्षर गरेका थिए । उक्त सहमतिकै आधारमा महासंघले आन्दोलन स्थगित गरेको थियो ।

तर, महासंघले हालसम्म पनि सरकारले सहमतिमा भएको विषयमा सम्बोधन नगरेको बताउँदै आन्दोलन सुरु गरेको छ । महासंघले भनेको छ,’ यसबाट आम शिक्षक-कर्मचारी अत्यन्त आक्रोशित भएका छन् । त्यसैले सम्बोधन हुन छुटेका सबै विषयहरु सहमती अनुसार सम्बोधन गर्न हामी जोडदार माग गर्दछौं ।’

महासंघले विभिन्न स्थानीय तहमा शिक्षकमाथि पूर्वाग्रह राखी जवर्जस्ती सरुवा र निष्कासनका कार्वाही गर्ने, म्याद नवीकरणका नाममा आतकिंत गर्ने काम समेत भइरहेकाले तीनिहरुलाई तत्कालै रोक्न समेत माग गरेको छ । साथै, सहमतिमा भएका ९ बुँदा अझै कार्यान्वयनमा नआएको, प्रतिनिधिसभाबाट शिक्षा विधेयक पारित नभएकोलगायतका विषयहरुप्रति पनि सरकारको ध्यानकर्षण गराउँदै महासंघले आन्दोलन सुरू गरेको छ ।

यस्तो छ महासंघको विज्ञप्ती

Facebook Comments

Read Previous

‘विरासत’ जोगाउन सफल नाडा अटो शो २०२५ सम्पन्न,कतिले गरे अवलोकन ?

Read Next

स्थगित भयो विश्वकै शक्तिशाली अन्तरिक्ष यानको परिक्षण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar