Nepal Purbadhar

नेपाल टेलिकमको फोर जी सेवामा समस्या


काठमाडौं । नेपाल टेलिकमको फोर जी तथा भोल्टई सेवामा समस्या आएको छ ।

सोमबार दिउँसो दुई बजेदेखि नेपाल टेलिकमको फोर जि तथा भोल्टइ सेवामा समस्या उत्पन्न भएर इन्टरनेट सेवामा अवरोध भएको हो । टेलिकमले कम्पनीको टु जि तथा थ्रि जि सेवा नियमित रुपमा सुचारु भइरहेको भएतापनि फोर जि तथा भोल्टइ सेवामा समस्या उत्पन्न भएको जनाएको छ ।

साथै यो समस्यालाई यथाशीघ्र समाधान गर्ने प्रयास पनि भइरहेको टेलिकमले सूचनामा उल्लेख गरेको छ ।


Read Previous

नाइमा मोबिलिटी एक्स्पो साउन तेस्रो साता आयोजना हुने, ३५ नयाँ प्रोडक्ट लन्च हुँदै

Read Next

काठमाडौँको नागपोखरीमा बिहानै देखि नागपञ्चमी पूजा

Nepal Purbadhar