Nepal Purbadhar

सार्वजनिक यातायात बन्द हुँदा सर्वसाधारणलाई हैरानी, ठाउँ ठाउँमै यात्रु अलपत्र


काठमाडौं । यातायात व्यवसायीले अनिश्चितकालीन बन्द गरेर सवारीसाधन चलाउँदा यात्रुहरु बिच बाटोमा नै अलपत्र परेका छन् ।

सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको हो ।

सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने निर्णय गरिएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनका लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गरिएको छ ।

व्यवसायीले विभिन्न माग राखेर यातायात सेवा बन्द गर्दा यात्रुहरुले सास्ती खेप्नु परेको छ ।


Read Previous

सार्वजनिक यातायात बन्द भए सँगै यस्तो देखियो कलंकी क्षेत्रको सडक

Read Next

बन्दको मौका छोपेर राइड सेयरिङ कम्पनीले बढी भाडा उठाए, ट्राफिक प्रहरी भन्यो-बढी भाडा लिए खबर गर्नुस्

Nepal Purbadhar