Nepal Purbadhar

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024

बिहिबार, मंसिर ६, २०८१
Thursday, November 21, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

पहिराेले साँफे-मार्तडी सडक अवरुद्ध   


बाजुरा । अविरल वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिए ।

उनका अनुसार राजमार्गको बुढीगङ्गा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका–४ रिला र बडिमालिका–९ कारागार नजिकै पहिरो गएकोे बताए । राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारीसाधन आवतजावत ठप्प भएका छन् । सवारीसाधन नचल्दा याुत्र अलपत्र परेका छन् ।

अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ । जिल्लामा वर्षा भइरहेको छ । यस्तै जिल्लाको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी कोल्टी सडक दुई सातादेखि अवरुद्ध भएको छ ।

बडीमालिका नगरपालिका–७ जिल्लीमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो । मार्तडी–कोल्टी जोड्ने बाउली, अनाई र दानसागु खोलामा जलसतह बढेपछि ठाउँठाउँमा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सदरमुकाम मार्तडीबाट पूर्वी उत्तरी भेगका पालिकासम्म चल्ने जीप तथा मालवाहक सवारीसाधन ठप्प छन् ।


Read Previous

पोखरा विश्वविद्यालयको नयाँ भवन बन्दै   

Read Next

सडक भासिएपछि सिङ्गो बस्ती जोखिममा   

Leave a Reply

Your email address will not be published. Required fields are marked *