Nepal Purbadhar

सिम्जुङ-महाभिर-घ्याच्चोक सडक धमधाम कालोपत्र गरिँदै   


गोरखा । जिल्लाको अजिरकोट गाउँपालिकास्थित घ्याच्चोकगाउँ कालोपत्र सडकसँग जोडिने भएको छ । पूर्वाधार विकास कार्यालय गोरखामार्फत ३१ करोड ९८ लाख ९३ हजार रुपैयाँ लागतमा सिम्जुङबाट महभिर हुँदै घ्याच्चोकसम्मको सडक तीव्रगतिमा कालोपत्र भइरहेको छ ।

सडक कालोपत्रका लागि अहिलेसम्म सडक चौडा गर्ने, टेवा पर्खाल लगाउने, ग्याविन जाली भर्नेलगायत काम धमाधम भइरहेको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले बताए । सिम्जुङ–महाभिर हुँदै घ्याच्चोकसम्मको ८ किलोमिटर बाटो कालोपत्र भएपछि घ्याच्चोकगाउँ पुग्न सहज हुनेछ ।

तोकिएको समयमा काम भए घ्याच्चोक कालोपत्र सडकसँग जोडिने पहिलो पालिका हुने उनले बताए । बर्खा याममा सवारी आउजाउ पूर्ण रूपमा ठप्प हुने हुँदा त्यस क्षेत्रका बासिन्दालाई सदरमुकाम ओहोरदोहोर गर्न कठिन थियो ।


Read Previous

उदिपुर-मार्कीचोक-भरतपुर प्रसारण लाइन निर्माणले गति लिन सकेन  

Read Next

बजेट अभावमा पर्वतका एक ११५ खानेपानी आयोेजना अधुरै