Nepal Purbadhar

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

भूमिगत वितरण लाइनकाे तार पड्किएपछि माडी क्षेत्रमा विद्युत सेवा अवरुद्ध   


भरतपुर। चितवन राष्ट्रिय निकुञ्जभित्र विद्युतकाे भूमिगत तार (केबल) मा समस्या आएपछि माडीमा विद्युत सेवा अवरुद्ध भएको छ । सोमबार राति भूमिगत तार पड्किपछि माडी क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुन पुगेकाे हाे ।

अरुद्ध सेवा मर्मतपछि मंगलबार साँझ ५ बजेपछि सञ्चालनमा आए पनि बुधबार बिहान केबल पुनः पड्किएपछि विद्युत् अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख विनोद सापकोटाले जानकारी दिए । उनका अनुसार निकुञ्जभित्र पड्किएको तार मर्मत गरेर विद्युत सेवा सुचारु गर्ने तयारी भइरहेकाे छ ।

दिनभरमा विद्युत् सेवा नियमित सञ्चालनको प्रयास गरिने भन्दै पुनःमर्मतका लागि कति समय लाग्ने भन्ने टुङ्गो नभएको सापकोटाले बताए । “आज मर्मतको काम सकेर बेलुकासम्म विद्युत् सेवा सुचारु गर्न सकिन्छ कि भन्ने छ । अहिल्यै भन्न सक्ने अवस्था भने छैन”, उनले भने ।

निकुञ्जभित्रको भूमिगत तार पड्किँदा माडीमा पटक–पटक विद्युत सेवा अवरुद्ध हुँदै आएको छ । निकुञ्जभित्र आठ किलोमिटरमा चनौली–जगतपुर–माडी ३३ केभी सव–प्रसारण लाइनको केबल भूमिगत गरिएको छ । निकुञ्जभित्र वैकल्पिक केबल भूमिगत गर्ने प्रक्रिया सुरु भए पनि काम सुरु भइनसकेको  सापकोटाले बताए ।

पटक–पटक विद्युत् अवरुद्ध हुँदा माडीमा दैनिक जनजीवन प्रभावित भएको छ भने उद्योग, व्यवसाय, शैक्षिक संस्था, इन्टरनेट, सञ्चारमाध्यमलगायत सबै क्षेत्र समस्यामा परेका छन् ।


Read Previous

निजी क्षेत्रले कहिले पाउँला विद्युत व्यापारको अनुमति ?

Read Next

विद्युत उत्पादनको केन्द्र बन्दै ताप्लेजुङ   

Leave a Reply

Your email address will not be published.