Nepal Purbadhar

बुधबार, जेष्ठ ९, २०८१
Wednesday, May 22, 2024

बुधबार, जेष्ठ ९, २०८१
Wednesday, May 22, 2024

धनगढी-दिपायल द्रुतमार्गमा कालोपत्रकाे काम सुरु


कैलाली । धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्ग कालोपत्र गर्न थालिएको छ । सो सडकअन्तर्गत धनगढी–स्याउलेखण्डमा कालोपत्र गर्न थालिएको हो ।

सडक निर्माणका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारले २५ करोड बजेट विनियोजन गरेपछि कालोपत्रको काम पनि प्रारम्भ गरिएको सडक आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाले बताए । उक्त सडकखण्ड एक महिनाभित्रै कालोपत्र सम्पन्न हुने गरी धमाधम काम भइरहेको उनले बताए ।

धनगढी–स्याउले सडकखण्डको १३.४ र दिपायलको तिखा–मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्रका लागि २०७८ साल बैशाखमा सम्झौता भएको थियो । हाल डोटीको दिपायल तिखा–मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र भइरहेको छ ।

आयोजनाअन्तर्गत कैलालीमा ८० प्रतिशत र डोटीमा ६५ प्रतिशत कालोपत्रको काम पूरा भएको छ । धनगढी–स्याउले सडक खण्डमा खड्का–कृष्ण–नारायण–बगलामुखी जेभीसँग २०७८ मा पिपलचौतारादेखि स्याउले महेन्द्र राजमार्गभन्दा तीन किलोमिटर अगाडि १३.४  किलोमिटरमा कालोपत्र गर्न भ्याटबाहेक १६ करोड ४० लाख रुपैयाँमा सम्झौता भएको इन्जिनियर रैखोलाले बताए ।


Read Previous

नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई इपानकाे आग्रह

Read Next

ठेक्का सम्झौताको २ वर्षमा पनि सुरु भएन राहुघाट सबस्टेसनकाे निर्माण

Leave a Reply

Your email address will not be published.