Nepal Purbadhar

सोमवार, जेष्ठ ७, २०८१
Monday, May 20, 2024

सोमवार, जेष्ठ ७, २०८१
Monday, May 20, 2024
कलुवापुर-बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै अगाडि बढेन काबेली बेसिनमा निर्माणाधीन ४७ मेगावाटका आयोजना ५ महिनामा प्रसारण प्रणालीमा आउँदै बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा    सुदूरपश्चिम प्रदेशका ७५ प्रतिशत नागरिक गुणस्तरीय खानेपानीकाे पहुँच बाहिर    ८ खर्ब ५३ अर्ब रुपैयाँ लागतका जलविद्युत आयोजना अगाडि बढाउँदै उत्पादन कम्पनी    ३ पटक म्याद थप गर्दा पनि सेती नदीमा निर्माणाधीन पुलकाे प्रगति २५ प्रतिशत मात्रै    विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने

१६ वर्षदेखि स्तरोन्नतिको पर्खाइमा बरेङ-शान्तिपुर सडक   


ढोरपाटन । दक्षिण बागलुङलाई मुख्य सहरी क्षेत्रसँग जोड्न २०६४ मा ट्रयाक खुल्यो । तर, बरेङ गाउँपालिका र गुल्मीको शान्तिपुरलाई जोड्न बनाइएको सडक १६ वर्ष बितिसक्दा पनि स्तरोन्नति हुनसकेको छैन ।

खाल्डाखुल्डी र अप्ठ्यारो सडक त्यसमाथि साँघुरो हुँदा यहाँका हजारौँ नागरिक जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । बरेङबाट शान्तिपुरसम्मको १३ किलोमिटर सडक डेढ दशकदेखि बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ । दुवै याममा स्थानीयले सास्ती खेप्नुपरेको छ ।

राष्ट्रिय गौरवका आयोजनाअन्तर्गतका मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर, सालझण्डी–ढोरपाटन सडक भए पनि बरेङ गाउँपालिकासँग जोडिएका छैनन् । तर, गाउँपालिकाले कालीगण्डकी करिडोरसँग जोड्न सडक निर्माण गरिसकेको छ । दुई जिल्लालाई जोड्ने यो सडकलाई दक्षिण बागलुङ ‘व्यापारिक सडक’का रूपमा लिइन्छ ।

बरेङ क्षेत्रका लागि जिल्ला सदरमुकाम बागलुङ बजार अपायक पर्छ । प्रशासनिक कामबाहेक यहाँका अधिकांश स्थानीय बुटवल जाने गर्छन् । दैनिक हजारौँ यात्रु ओहोरदोहोर गर्ने सडकको दुरावस्था सम्बोधनका निम्ति राज्यको नजर नपरेकामा स्थानीय खिन्न छन् ।

गाउँपालिकाले बरेङडाँडाबाट पालिकाको कार्यालय सुँडालासम्म सडक फराकिलो बनाउने, पानीको निकासका निम्ति नाली निर्माण र ग्याबिन उठाइएको छ । सडक कालोपत्र गर्न बजेट अभाव भएकोे बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । कालोपत्रका लागि धेरै बजेट लाग्ने तर, पालिकाको बजेटले नभ्याउने उनले बताए ।

गुल्मीको शान्तिपुर र बुुटवल व्यापार तथा अन्य कामका लागि नजिक भएको हुँदा आवतजावत बाक्लो हुने उक्त सडक अपरिहार्य भएको अध्यक्ष शर्माले बताए ।

“यो सडक बाह्रै महिना सञ्चालन हुन्छ, तर निकै साँघुरो र अप्ठ्यारो छ, यस्तो सडकमा दुर्घटना हुने जोखिम उच्च हुन्छ, सडकलाई व्यवस्थित गरी कालोपत्र गर्न केन्द्र र प्रदेश सरकारसँग माग गर्दै आएका छौँ, पालिकाको बजेटले पुग्दैन, तर समय–समयमा साँघुरो सडकलाई फराकिलो बनाएर सवारीसाधन सञ्चालन गर्ने गरेका छौँ, करिब दुई–तीन किलोमिटर कालोपत्रका लागि तयार पनि गरेका छौँ, बजेट अभावले काम हुनसकेको छैन ,” उनले भने ।


Read Previous

चितवनलाई तनहुँसँग जोड्ने ठिमुरा पुलकाे शनिबार औपचारिक उद्घाटन

Read Next

चिसापानीदेखि गड्डाचौकीसम्मका पुराना १४ पुलकाे मर्मत चल्दै  

Leave a Reply

Your email address will not be published.