Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

लिपिङ खोलाकाे ८५ प्रतिशत निर्माण पूरा, जेठदेखि विद्युत उत्पादन थालिने


चौतारा । सिन्धुपाल्चाेकमा निर्माणाधीन १६.२६ मेगावाटको लिपिङखोला जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । हिम रिभर हाइड्रोपावर कम्पनी लिमिटेड प्रवर्द्धनक रहेको याे आयोजनाको सुरुङ, बाँध, पाइपलाइन र विद्युतगृह निर्माणकाे काम पूरा हुने चरणमा पुगेकाे हाे ।

अहिलेसम्म  आयोजना ८५ प्रतिशत सिभिल संरचना निर्माण पूरा भएकाे कम्पनीका कार्यकारी निर्देशक सुदीपकुमार चौधरीले जानकारी दिए । उनका अनुसार निर्माण सुरु गरेकाे २ वर्षमा नै आयोजनाकाे यति भाैतिक प्रगति हुन पुगेकाे हाे ।

उनले अहिलेकै गतिमा निर्माण चलेमा आगामी २०८१ जेठ महिनाभित्र उत्पादन गर्न सकिने बताए । भोटेकोशीबासी र स्थानीयबासीले यसरी नै साथ दिए तोकिएको समयमा उत्पादन सुरु गर्न सम्भव  हुने उनले बताए ।

३ अर्ब ४० करोड रुपैयाँ भन्दा बढी लागतमा निर्माण भइरहेको आयोजनाको प्रसारण लाइनको काम पनि आगामी बैशाखभित्र सक्ने लक्ष्य लिएइएको छ ।  हिउँद महिनामा ३० प्रतिशत विद्युत् उत्पादन घट्न सक्ने सो आयोजनाको अनुमान छ ।

लिपिङ खोलाबाट उत्पादन भएको विद्युत् भोटेकोशी जलविद्युत् आयोजनाको प्रसारण लाइनमा जोडिएर बाह्रबिसे नगरपालिका–४स्थित बेतेमा निर्माणाधीन सब स्टेसनमा पुर्याइने कम्पनीले जनाएकाे छ ।


Read Previous

बस्ती संरक्षणका लागि कालीगण्डकीमा तटबन्ध निर्माण

Read Next

१६ महिनामा सकिनुपर्ने पुल ७ वर्षसम्म अलपत्र   

Leave a Reply

Your email address will not be published.