Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

आयल निगमको कार्यकारी निर्देशक नियुक्त गर्न प्रतिश्पर्धा आह्वान


काठमाडौं । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि प्रतिश्पर्धा आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उमेशप्रसाद थानीले राजिनामा दिएपछि रिक्त रहेको पदपूर्ति गर्न खुल्ला प्रतिश्पर्धा आह्वान गरेको हो ।

मन्त्रालयले शनिबार सूचना जारी गरी योग्य व्यक्तिबाट रिक्त पदपूर्तिका लागि आवेदन मागेको छ । कार्यकारी निर्देशक पदका लागि निगमको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन व्यवस्थापन, अर्थशास्त्र, इञ्जिनियरिङ वा कानूनमा स्नातकोत्तर गरी ३५ वर्ष पूरा गरी ६५ वर्ष ननाघेको व्यक्तिले आवेदन दिन सक्नेछन् ।

आवेदन दिने व्यक्तिसँग कुनै संस्था वा निकायको व्यवस्थापकिय जिम्मेवारीमा कम्तीमा ५ वर्षसम्म काम गरेको कार्यानुभव हुने पर्ने पनि सूचनामा भनिएको छ । कार्यकारी निर्देशक पदका लागि योग्य व्यक्तिले सूचना जारी भएको मितिले २१ दिनभित्र आवेदन दिइसक्नु पर्ने पनि सूचनामा भनिएको छ ।

थानीले व्यक्तिगत कारण देखाउँदै १५ महिना अगाडि नै गत मंसिर २७ गते पदबाट राजिनामा दिएपछि निगमको कार्यकारी निर्देशक पद रिक्त छ । अहिले नागेन्द्र साहले निमित्त कार्यकारी निर्देशककोरूपमा कार्यसम्पादन गरिरहेका छन् ।


Read Previous

ग्लोबल आइएमई बैंकको न्यूनतम ब्याजदर ९.९९% देखी विशेष घर कर्जा योजना

Read Next

बजेट अभावमा छेडा-चाँदे-जुम्ला सडक निर्माण अलपत्र   

Leave a Reply

Your email address will not be published.