Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

विश्व बैंक र एडिबीले सहकार्य गर्ने समझदारीमा हस्ताक्षर, माथिल्लो अरुण र दुधकोशीमा संयुक्त लगानीको तयारी


काठमाडौं । नेपालको जलविद्युत क्षेत्रको दीगो विकासका लागि विश्व बैंक र एशियाली विकास बैंक (एडिबी) सहकार्य गर्ने घोषणा गरेका छन् । विशेषगरी प्रस्तावित माथिल्लो अरुण र दुधकोशी जलविद्युत आयोजना निर्माणको सन्दर्भमा सहकार्य घोषणा गरेका हुन् ।

बुधबार विश्व बैंक र एडिबी दुवैले थालनीमा ५ वर्षको लागि सहकार्य गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । युनाइटेड अरव इमिरेट्स (युएइ)मा भइरहेको कोप २८ सम्मेलनको साइडलाइनमा रहेर दुवै बैंकका प्रतिनिधीले समझादारी पत्रमा हस्ताक्षर गरे । विश्व बैंकको तर्फबाट दक्षिण एशिया अध्यक्ष मार्थिन रेजर र एडिबीको तर्फबाट ऊर्जा क्षेत्र हेर्ने उपाध्यक्ष फतिमा यास्मिनले हस्ताक्षर गरे ।

समझादारी पत्रमा हस्ताक्षरपछि विश्व बैंक, दक्षिण एशिया अध्यक्ष मार्थिन रेजरले सरकार, विकास साझेदार र निजी क्षेत्रबीचको सहकार्य नभइ नेपालसँग भएको ऊर्जाको प्रचुर सम्भावनालाई विकास गर्न नसकिने बताए । ‘एडिबी र विश्व बैंकबीच भएको समझादारीले सहकार्य गर्नको आधारस्तम्भ तयार भएको छ । यसले ऊर्जा क्षेत्रको विकासको लागि आवश्यक वित्त र नीतिगत सुझाव दिनुको साथै आउने दशकको लागिसमेत नेपालको हरित, दीगो र सहभागितामूलक विकासमा सहयोग पुग्नेछ’ उनले भने ।

एडिबीको ऊर्जा क्षेत्र हेर्ने उपाध्यक्ष फतिमा यास्मिनले समझदारीले नेपालको ऊर्जा सुरक्षालाई बलियो बनाउनको लागि महत्वपूर्ण कदम भएको बताए । साथै बढ्दो जनसंख्या ऊर्जा माग र सहरीकरणलाई सम्बोधन गर्न पनि ऊर्जा सुरक्षा आवश्यक भएकोमा जोड दिइन् । ‘यसले छिमेकी देशसँग ऊर्जा व्यापार वृद्धि गर्न, क्षत्रिय सहकार्य बढाउन, आर्थिक वृद्धि र हरित तथा समावेशी विकासलाई पनि सहयोग पुग्नेछ’ उनले भनिन् ।

समझादारीले मूख्यत तीनवटा क्षेत्रमा सहकार्य गर्ने लक्ष्य राखको छ । पहिलो देश देशबीचमो सहकार्यलाई बढाउने, दोस्रो सह–लगानीलाई बलियो बनाउने र जलवायु परिवर्तनसँग लड्नको लागि संयुक्त सहकार्यलाई अभिवृद्धि गर्ने रहेको छ ।


Read Previous

एनसेलबारे ४८ घण्टाभित्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन

Read Next

अरुण प्रवेश मार्ग मुआब्जा : कार्यदलले काम थाल्यो

Leave a Reply

Your email address will not be published.