Nepal Purbadhar

सोमवार, जेष्ठ ७, २०८१
Monday, May 20, 2024

सोमवार, जेष्ठ ७, २०८१
Monday, May 20, 2024
कलुवापुर-बेलौरी राजमार्गको कालोपत्र गर्ने कार्य अझै अगाडि बढेन काबेली बेसिनमा निर्माणाधीन ४७ मेगावाटका आयोजना ५ महिनामा प्रसारण प्रणालीमा आउँदै बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा    सुदूरपश्चिम प्रदेशका ७५ प्रतिशत नागरिक गुणस्तरीय खानेपानीकाे पहुँच बाहिर    ८ खर्ब ५३ अर्ब रुपैयाँ लागतका जलविद्युत आयोजना अगाडि बढाउँदै उत्पादन कम्पनी    ३ पटक म्याद थप गर्दा पनि सेती नदीमा निर्माणाधीन पुलकाे प्रगति २५ प्रतिशत मात्रै    विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने

सय घन्टामा सय किमि कालोपत्र सडक


काठमाडौं । नेपालमा एक किमि सडक बनाउन कति घन्टा वा दिन वा हप्ता लाग्ला ? भारतले केही महीना अघि सय घन्टामा सय किमि कालो पत्रे सडक बनाएर विश्व कीर्तिमान बनाएको छ । उत्तर प्रदेश राज्यमा गाजियावाद–अलिगढ एक्सप्रेसवेमा १०० घन्टाभित्र सय किमि सडक बनाएर गिनिज बुकमा रेकर्ड बनाएको हो ।

सडकको एउटा लेनमा सय घन्टासम्म अनवरत रुपमा ११२ दशमलव ५ किमि सडक कालो पत्र गरिएको थियो । यो लम्बाईको कालोपत्र सडकमा भारतको यो विश्व कीर्तिमान हो । सो सडक गाजियाबाद अलिगढ एक्सप्रेस प्रा.लि.ले बनाएको थियो । सो सडक गाजियाबाद र अलिगढलाई जोड्ने मुख्य सडक हो । सो सडक खन्ड ११८ किमि लामो छ ।

सडक बनाउन विशेष खालको बिटुमिनस कंक्रीटको प्रयोग गरिएको थियो । प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा सडक विस्तारलाई तीव्रताका साथ अगाडि बढाइरहेका छन् । यस अघि पनि भारतले सन् २०२१ मा २४ घन्टाभित्र ४ लेनको साढे २ किमि सडक र एक लेनको २५ किमि सडक कालोपत्र गरेर गिनिज बुकमा नाम दर्ता गरेको थियो । एजेन्सी


Read Previous

एनसेलले जित्यो ‘अर्गनाइजेशनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३’

Read Next

भेरी करिडोरको तल्लु–दुनै सडक निर्माण अलपत्र

Leave a Reply

Your email address will not be published.