Nepal Purbadhar

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024
राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध    वर्षाले सडक हिलाम्य हुँदा मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती    कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण ढिलाइप्रति प्रदेश सरकारकाे चासाे ऊर्जा मन्त्रालयको भौतिक प्रगति सन्ताेषजनक, केही आयोजना अझै सुरु हुन सकेनन् पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिमा माटोकाे समस्या    बागलुङपानी-भुजुङ सडक स्तरोन्नती हुँदै   

‘१ करोडको परियोजनालाई ५ लाख दिएर ठेक्का लगाउने श्रृखलाको अन्त्य नभएसम्म रोकिदैनौं’


नेपाल निर्माण व्यवसायी महासंघले गरेको कामको भुक्तानी, म्याद थप लगयतका माग राखेर थालेको आन्दोलनको तेस्रो चरण आइतबारदेखि शुरु गरेको छ । पहिलो चरणमा ज्ञापनपत्र बुझाएको र दोस्रो चरणमा सडकमा धर्ना दिएको महासंघले तेस्रो चरणमा भने सार्वजनिक निकायहरुमा तालाबन्दी गर्ने र धर्ना जारी राख्न आइतबारदेखि थालेको छ । आइतबार महासंघले ललितपुर चाकुपाटस्थित सडक विभाग र जावलाखेलस्थित सिंचाई विभागमा नाराबाजी सहित धर्ना दिएर ताला लगायो । सो क्रममा निर्माण व्यवसायीलाई प्रहरीले नियन्त्रणमा समेत लियो । यसै सन्दर्भमा अहिलेसम्म गरिएको आन्दोलनको उपलब्धी, समस्या समाधान गर्न भइरहेको प्रयासलगायतका विषयमा केन्द्रित भइ महासंघका अध्यक्ष रवि सिंहसँग नेपाल पूर्वाधारले गरेको कुराकानीको सार:

पछिल्ला २ हप्तादेखि घोषित रुपमा नै तपाईहरु गरेको कामको भुक्तानी र म्याद थपलगायतका विषय उठाएर आन्दोलनमा हुनुहुन्छ । अहिलेसम्मको प्रगति के भयो ?

विगत २ वर्षदेखि नै हामीले सरकारलाई खबरदारी गर्दै आएका हौं । सरकारलाई म्याद थप मात्र गरेर समस्याको समाधान हुदैन्, समस्याको समाधान गर्नको लागि कामलाई सम्पन्न गर्न आधारहरु तय हुनुपर्छ भन्दै आएका हौं । सबैभन्दा पहिलो आधार भनेकै भुक्तानीको कार्यतालिका हो । जसरी निर्माण व्यवासायीले कामको कार्यतालिका बनाएर पेस गर्नुपर्छ र त्यस्तै, सरकारली वा सार्वजनिक निकायले पनि भुक्तानीको कार्यतालिका बनाउनुपर्छ भनेर २०७८ मंसिरदेखि नै उठाउदै आएका हौं । यसबाहेक आयोजनाको काम रोकिन सक्ने सम्भावित सबै कारणहरुलाई समाधान गरेर काम थालौं भनेका थियौं ।

तर, भयो के भने सरकारले हरेक वर्ष नयाँ ३ हजार संख्यामा परियोजना थप गर्दै गयो । निर्माण व्यवसायीले काम सम्पन्न गर्न सकेनन् । अर्कोतर्फ निर्माण व्यवसायीले सरकारलाई दवाब दिएर म्याद थप गर्ने तर काम सम्पन्न गर्न नसक्ने भनेर आलोचना भइरह्यो ।

यही अवस्थामा निर्माण क्षेत्र, जुन सम्पूर्ण विकास बजेट खर्च गर्नको लागि काम गर्छ । अर्थतन्त्रलाई चलायमान गर्नको लागि सहयोग पुर्याउँछ । सडकमा गएर आन्दोलन गर्ने भन्दा पनि खबरदारी र सचेत गर्ने कामसम्म गर्ने र वार्ताद्धारा समस्याको समाधान गर्ने सोचिएको थियो । किनकि हाम्रो पहुँच प्रधानमन्त्रीदेखि सबै मन्त्रीसम्ममा रहेको छ । उनीहरुलाई सचेत गराउने र समस्याको समाधान गर्नेतर्फ जाने भन्दा कहिल्यै पनि यो समस्यालाई प्राथमिकतामा राख्नु भएन् । उनीहरुको प्राथमिकता भनेको विगतका सरकारले गरेका ठेक्काहरुलाई ओझेलमा पारेर आफ्नो पालामा ल्याएका योजनालाई अघि बढाउनुछ ।

तर, यसरी हरेक आउने नयाँ सरकारले यसो गर्दै जाने हो भने अन्त्यहित श्रृखला बन्ने भयो । जसको अन्त्य नै हुदैन् । यसकारण हामी सडकमा आउन बाध्य भयौ । यो दुष्चक्रलाई तोड्न पनि आउनुपर्यो । हामीले यसरी आन्दोलनमा आउनुअघि धेरै पटक ज्ञापनपज्ञ बुझायौं, समस्या राख्यौं, भेटघाट गर्यौ । सबै पार्टी र नेता तथा कर्मचारी नेतृत्वसँग पनि भन्यौं । कुरा गर्दा सकारात्मक हुने तर फेरी सुधार नगर्ने अवस्था रह्यो ।

नेताहरु पनि निर्णय गर्न डराए । किनकि हिजोको दिनमा विना बजेटका योजनाको ठेक्का लगाएको छ । त्यहाँको योजना खारेज गर्यो भने स्थानीय रुष्ट हुने, जनप्रतिनिधीले पनि दवाब दिने भयो । प्राथमिकतामा पर्दैन भनेर भन्न पनि नसक्ने र भोट घट्ने पीर पर्ने भयो । यसले गर्दा समस्याको समाधान भएर र आन्दोलन गरिरहेका छौं । तेस्रो चरणअन्तर्गत सार्वजनिक निकायमा तालाबन्दी गर्ने चरणमा प्रवेश गर्यो ।

सरकारी कार्यालय घेराउ र तालाबन्दी थाल्नुभएको छ । यो कहाँसम्म पुग्छ ?

हामीले सडकमा गर्ने आन्दोलन सम्पन्न गरिसकेका छौं । आजदेखि सरकारी कार्यालयहरु तालाबन्दी र घेराउ थालेका छौं । यो तेस्रो चरणको आन्दोलनको थालनी हो । सरकारी कार्यालय र कार्यरत कर्मचारी पनि जिम्मेवार छन् । जसले काम लगाउँछन र गरेको कामको भुक्तानी दिने हैसियत राख्दैनन् ।

तिनै विभाग हुन जसले हिजो गैरजिम्मेवार भएर हिजो ठेक्का निकाल्यो । आज पनि निरन्तरता दिइरहेको छ । अब हामीले ठेक्का कार्यतालिकासँगै भुक्तानीको कार्यतालिका पनि माग्नेछौं । कुनै परियोजना २ वर्षमा सम्पन्न गरे भनेर दवाब दिने तर भुक्तानी नदिने कर्मचारीतन्त्रका नेतृत्व पनि जिम्मेवार हो । मन्त्रीले ठेक्का निकाल भन्दा त्यसको लागि आवश्यक भुक्तानी कहाँबाट प्राप्त गर्ने भनेर कहिल्यै प्रश्न नगर्ने कर्मचारीतन्त्र झन बढी जिम्मेवार हो । विवेकहीन भएर काम गर्दाको परिणाम अहिले हामी सामु छ ।

अब हामी सरकारसँग सीधा कुराकानी गर्न चाहान्छौं । त्यसको लागि वातावरण बन्नुपर्छ । सरकारलाई सजिलो बनाउने गरी काम गर्न तयार नै छौं । अब विना बजेटका ठेक्का तत्काल खारेज गरौं । बजेट नभइ थप ठेक्का गर्दै नगरौं । धेरै वटा स्थानीय अस्पताल खारेज गर्दा हुन्छ । जहाँ बनेका वा बनिरहेका छन् । तिनलाई निरन्तरता दिए हुन्छ । रणनीतिक सडकलाई सबै रोकिदिए हुन्छ । कनिका छरेजस्तो गरेर छर्ने मात्र गर्नु भएन् । तटबन्दको कामको बजेट पनि अति जरुरी बाहेक सबैलाई राखेर गर्दा हुन्छ ।

हाम्रो आर्थिक हैसियत, प्राविधिक क्षमतालगायतका विषयमा विचारै नगरी एकैपटक ४ सय अस्पताल निर्माण गर्ने योजनालाई हामीलाई कही पुर्याउँदैन, बरु डुबाउँछ । उदाहरणको लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रिय विमानस्थल, गोदावरीको सम्मेलन केन्द्र सेतो हात्तीमा परिणत भइरहेका छन् । भोली दमकमा बन्दै गरेको भ्यु टावर पनि सेतो हात्ती नहोला भन्न सकिदैन् । उत्पादनमूलक क्षेत्रमा लगानी लगाउनु पर्यो । क्षमता वृद्धि गर्ने, उत्पादन हुने, रोजगारी दिने, आयस्तर वृद्धि गर्नेमा प्रतिस्पर्धा गर्ने र लगानी गर्ने गर्रौ, नकि स्वागत गेट बनाउनमा प्रतिस्पर्धा गर्नेतर्फ लाग्ने होइन् ।

तेस्रो चरणको आन्दोलन कहाँसम्म पुग्छ ?

हामीले सडक छोडेर कार्यालयमा प्रवेश गरेका छौं । यसलाई निरन्तरता राख्छौं । आज आइतबार मात्र ४६ जना साथीहरु प्रकाउ परेर छुट्नु भएको छ । यससँगै सरकारले पनि यो समस्यालाई समाधान गर्नको लागि गम्भीर बनेर गृहकार्य गरिरहेको सूचना पाएका छौं । हामी यो बाध्यताको आन्दोलनलाई लम्ब्याउन भन्दा पनि समाधानतर्फ लैजान इच्छुक छौं ।

राजनीतिक नेतृत्व मात्र नभइ कर्मचारीतन्त्र पनि जिम्मेवार हो ?

कतिपय कर्मचारीले आफू कुर्सीमा टिकिराख्नको लागि राजनीतिक नेतृत्वलाई भ्रमपूर्ण दिशानिर्देशक गरेका छन् । सचिव र महानिर्देशलगायतले आफ्नो कार्यकाल बढाउनको लागि मन्त्रीले जे भन्यो त्यही गर्यो । आफ्नो विवेकको प्रयोग गरेनन् । अडान राख्न सकेनन् । यो काम सम्भव छैन् भनेर भन्न सकेनन् । यसकारण सकिदैन भनेर भन्न सकेनन् । आँट गरेनन् । यसले गर्दा समग्र प्रक्रिया नै विथालियो । यसको कारण नेताको विश्वनीयता घटेको छ । जनता प्रताडित भएको छ । नकरात्मकतामा वृद्धि भएको छ ।

यस्तो अवस्था ल्याउनमा अहिले सत्तामा रहेका र विपक्षमा रहका नयाँबाहेक सबै पार्टी जिम्मेवार छन् । अहिले विपक्षमा रहेको एमालले सत्तामा हुँदा एकै पटक सयौं अस्पताल र सडक निर्माणको घोषणा गर्यो । त्यसले अहिले निर्माण क्षेत्र र निजी क्षेत्र समस्याग्रस्थ भइरहेको छ ।

देशभरका निर्माण व्यवसायीले अहिले भोगिरहेका अफठ्यारो के हो ?

गत बैशाखमा अर्थमन्त्रले भोगिरहेका समस्याबारे बुझाउँन जाँदा अध्ययन गरेर के गर्न सकिन्छ भन्छु भन्नु भयो । त्यसैअनुसार अध्ययन गरेपनि अर्थमन्त्रीले गरेको कामको सबै भुक्तानी दिने भनेर भन्नुभयो । साथै निर्धक्क भएर काम गर्न भन्नुभयो । हामीले त्यही सूचना देशभर पुर्यायौं । ऋण नै गरेर भए पनि भुक्तानी गर्ने भन्नुभएको थियो । तर, अहिले केही बाहेक अधिकांशको भुक्तानी हुन सकेन । यसले एउटा श्रृखलामा नै अवरोध आयो ।

हामीले काम गर्नको लागि विभिन्न बैंकबाट कर्जा लिएको हुन्छ । उद्योगलाई पनि सहयोग गर्न भनेको थियौं । त्यसैअनुसार असार १० गतेसम्म भुक्तानी दिन्छौं भनेर भन्यौं । तर, भुक्तानी भएन् । यसले काम गरेका हाम्रा कर्मचारीदेखि मजदुरसम्मलाई भुक्तानी दिन सकिएन् । यति मात्र होइन, अर्थमन्त्रीले पछिल्लो पटक त भुक्तानी दिन सकिदैन भनेपछि झन निर्माण व्यवसायीको पिडामाथि पिडा थपियो । यसपछि देशभरका करिब २ हजार अगुवा निर्माण व्यवसायीसहित राजधानीमा केन्द्रित भएर आन्दोलन गरिरहेका छौं ।

अब गर्नुपर्ने के हो ? के गर्दा समस्या समाधान हुन्छ ?

सरकारलाई हाम्रो अनुरोध के हो भने एकै वर्षमा ४ सय वटा अस्पताल बनाउनु सक्नुहुन्न् । वर्षमा २० वटा बनाउन सक्यौ भने १० वर्षमा २ सय अस्पताल बन्न सक्छ । अहिलेको योजना र बजेटको विनियोजन अनुसार त ४ सय वर्षमा पनि बन्न नसक्ने योजना छन् । स्रोत छैन् । एकै पटक धेरै बनाउन खोज्दो दीर्घकालीन नहुने, अनुत्पादक क्षेत्रमा बढी खर्च हुने हुन्छ । बनेका संरचना पनि गुणस्तरीय हुदैनन् । किनकि कुनै पनि संरचना थालिएपछि डेढ २ वर्षमा सक्नुपर्छ । त्यसलाई ८ वा १० वर्ष लगाएर निर्माण सम्पन्न गर्न लाग्यौं भने त्यसको गुणस्तर राम्रो हुदैन् ।

अहिले आन्दोलन चालिरहदा सरकार गम्भीर देखिएको छ । तर कुनै निर्णय गर्न नसकेर बसिरहेको छ । कुनै जवाफ दिन सकिरहेको छ । भुक्तानी दिनको लागि सरकारसँग स्रोत छैन् । वैदेशिक ऋण वा आन्तरिक ऋण पनि उठाउन सक्दैन् । साधारण खर्चभन्दा बढी राजश्व पनि उठ्न सक्ने अवस्था देखिदैन् ।

यो अवस्थामा सरकारसँगै एउटा मात्र उपाय के छ भने प्राथमिकताप्राप्त आयोजनाको म्याद थप गर्ने, अनुत्पादक आयोजनालाई खारेज गर्ने, अहिले कार्यान्वयनमा रहेका ३ हजार आयोजनामध्ये ७ सयदेखि १ हजार आयोजना मात्र कार्यान्वयन गरी सम्पन्न गर्न सकिन्छ । त्यस्तै, अर्को वर्ष थप १ हजार र बाँकी रहेकालाई अर्को वर्ष गरी सम्पन्न गर्न सकिन्छ । त्यसरी अघि बढ्यो भने अहिलेका सबै योजना ३ देखि ४ वर्षमा पूरा गर्न सक्छ । तर, प्राथमिकता नराखी जथाभावी गर्न खोज्यो भने अर्को वर्ष थप ३ हजार योजना थपिने र बजेट नभएका पुराना परियोजना रुग्न बन्दै जाने अवस्था आउने निश्चित छ । देशभर करिब २ खर्बका आयोजनाहरु आवश्यक रकमको जम्मा ५ प्रतिशत स्रोतको भरमा ठेक्का सम्झौता भएका छन् । अब थप ९५ प्रतिशत रकम जोहो गर्दै जाने हो भने अर्को वर्ष थप योजनाहरु रुग्न हुदैजानेछन् । यो खराब प्रवित्तिको कहि न कही गएर अन्त्य हुनुपथ्र्यौ । यो श्रृखलाको अन्त्य हुनै पर्छ । नभइकन हामी रोकिदैनौं ।

आन्दोलन थालिएपछि सरकारी निकायसँग कुनै औपचारिक अनौपचारिक कुनै सम्पर्क वा कुराकानी भएको छ ?

अनौपचारिक रुपमा प्रधानमन्त्री कार्यालयसँग पनि छलफल भएको छ । भौतिक पूर्वाधार र सहरी विकास, ऊर्जा जलस्रोत तथा सिचाई मन्त्रीसँग पनि छलफल भएको छ । दोस्रो चरणको आन्दोलन थाल्नुअघि मूख्यसचिवसँग पनि कुराकानी भएको थियो । उहाँले आन्दोलन रोक्न र समस्याप्रति गम्भीर रहेको उल्लेख गर्नुभएको थियो । अर्थमन्त्रालयसँग भने दोस्रो चरणको आन्दोलन थालिएपछि कुनै संवाद भएको छैन् । तर, हामी अहिले ठोस नीतिगत निर्णय नहुन्जेलसम्मको लागि रोकिने अवस्थामा छैनौं । अब गिरफ्तार परियोस वा अरु जस्तो सुकै धरपकड होस, कुनै प्रवाह गर्ने छैनौं । यो आन्दोलनलाई सफल बनाएरै छाड्ने संकल्प गरेका छौं ।


Read Previous

पिपिएको नीतिगत व्यवस्था सम्बन्धि प्रतिवेदनले गरेको सिफारिसको १० नम्बर बुँदा सच्याउन इप्पानको माग

Read Next

मर्मतपछि ९० लघु जलविद्युत् आयोजनाको उत्पादन नियमित

Leave a Reply

Your email address will not be published.