काठमाडौं । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को सातौ अधिवेशनले लक्ष्मण केसीको अध्यक्षमा नयाँ कार्यसमित चयन भएको छ ।
नयाँ कार्यसमितको उपाध्यक्षमा उमेश धिताल, महासचिवमा थमन बहादुर खड्का, उपमहासचिवमा सुशिल लामिछाने र कोषाध्यक्षमा नवराज बस्नेत निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा उपेन्द्र महरान, राहुल मिश्र, जगदीश नेपाल, सन्दिप वाग्ले, नविन बस्नेत, दीपक पौडेल, शेखरनाथ चापागाई, सन्देश पन्त, अर्जुन बस्नेत, पद्मा अर्याल, अर्जुन रावल, मनोज वाग्ले र दुर्गा पन्थी निर्वाचित भएका छन् ।