Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

निर्माण सम्पन्न नहुँदै जीर्ण बन्यो बागलुङ संग्रहालय


बलेवा । बागलुङ नगरपालिका–१ बांगेचौरस्थित बागलुङ संग्रहालय भवन निर्माण सम्पन्न नहुँदै जीर्ण बनेको छ। बाह्र वर्षदेखि निर्माणाधीन संग्रहालयका संरचना जीर्ण भएका हुन्।

रामरेखा सामुदायिक वन क्षेत्रमा निर्माण थालिएको उक्त भवनले पूरा आकार लिन नसकेको स्थानीयवासीले गुनासो गरेका छन् । भवन निर्माणमा सम्बन्धित निकायले चासो नदिँदा संग्रहालय बनाउने काम अधुरै छ। तत्कालीन जिल्ला विकास समितिको आर्थिक सहयोगमा आदिवासी जनजाति संग्रहालय बनाउन पहल भएको हो।

नेपाल आदिवासी जनजाती समन्वय समिति बागलुङको अगुवाइमा २०६७ असारमा निर्माण थालनी भएर दुई वर्षसम्मको बजेटले पहिलो तला ढलान गरिएको छ। एक तला ढलान भएको भवनमा तत्कालीन जिविसले २५ लाख रुपैयाँ लगानी गरेको थियो । भवनको स्वामित्व र स्रोतको विवादले निर्माण रोकिएको भवन निर्माण समितिका तत्कालीन अध्यक्ष गणेश थापाले बताए।

‘मन्त्रिपरिषद्ले नियुक्ती गरेर पठाएको उपाध्यक्ष, राजनीतिक दल, जिल्ला समन्वय समितिका प्रमुखसहितको सर्वदलीय बैठकले आदिवासी जनजाति संग्रहालय बनाउने निर्णय गरेको हो,’ उनले भने, ‘पछि नाममा विवाद भयो, हामीले आदिवासी जनजातीबाट निर्मित बागलुङ संग्रहालय भनेर राखिनुपर्ने माग राखेको थियौँ । नाममा विवाद र स्रोत जुटाउने कुरामा कोहीले जिम्मेवारी नलिँदा काम अद्धि बढेन ।’

स्वामित्व लिने कुरामा सबै अग्रसर बनेपनि स्रोत जुटाउन भने कोही अघि बढेको छैन । ‘संग्रहालय राज्यको सम्पत्ति हो, सबैले सहयोग गर्नुपर्छ,’ थापाले भने ‘छुट्टै संस्था दर्ता गरेर नियमावली बनाएर भए पनि बनाउनुपर्छ ।’ तत्कालीन जिल्ला विकास समिति, नेपाल आदिवासी जनजाती समन्वय समिति र रामरेखा सामुदायिक वनको त्रिपक्षीय लगानीमा भवन बन्न लागेको थियो । तत्कालीन जिविसको ३४, वन उपभोक्ता समितिको ३३ र जनजाति जिल्ला समन्वय समितिको ३३ प्रतिशत स्वामित्व रहने सहमतिमा सङ्ग्रहालय निर्माण थालिएको थियो।

तत्कालीन जिविसको अधिकार क्षेत्र कटौती भएपछि भवनका लागि बजेट आउने बाटो पनि बन्द भएको बताइन्छ। करिब १२ आना जमीनमा रहेको निर्माणाधीन भवन झाडीले घेरिएको छ। संग्रहालयमा बागलुङको पहिचान झल्कने विभिन्न जाति, जनजातिको संस्कृतिलाई राखिने बताइएको छ।


Read Previous

हदबन्दीको कारण जलविद्युत् आयोजनालाई जग्गा खरिदमा समस्या

Read Next

चार लेनमा विस्तार हुँदै सूर्यविनायक-धुलिखेल सडक

Leave a Reply

Your email address will not be published.