Nepal Purbadhar

गुणस्तरीय सडक निर्माण गर्न निर्देशन


अर्घाखाँची । निर्माणाधीन पटौटी तम्घास फास्ट ट्रयाक र पाल्पा घुम्ती सडकको जिल्लास्तरीय अनुगमन टोलीले अनुगमन गरेको छ। सडक निर्माण कसरी अगाडि बढेको, गुणस्तरीय काम भएको छ छैन तथा सडक निर्माणको जिम्मा पाएको निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न गर्ने अवस्था छ छैन भनी अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताइन्।

सडक निर्माणमा प्रयोग गरिने ढुंगा, गिट्टी, बालुवा वातावरणीय प्रभाव अध्यन नगरिकनै निजी जग्गा प्रयोग गरिएको भेटिएकाले तत्काल वातावरणीय प्रभाव मूल्यांकन अध्ययन गरेर मात्र प्रयोग गर्न अनुगमन टोलीले निर्देशन दिएको थियो। पाणिनि–८ मधुलेखमा अवैधरूपमा पहाड उत्खनन गरेको अवस्थामा एक एक्साभेटरसमेत फेला पारेको थियो। अनुगमन टोली आएको थाहा पाएपछि उत्खनन गरिरहेको एक्साभेटर छाडेर चालक भागेकाले उसलाई कारबाहीका लागि निर्देशन दिइएको थियो।

पटौटी तम्घास फास्ट ट्रयाकको पटौटी, दुर्गाफाट हुँदै रिडी खोलामा बन्न लागेको पुल तथा सोही क्षेत्रको सडक तथा घुम्ती पाल्पा सडकको घुम्तीदेखि दुर्गाफाटसम्मको सडक अनुगमन गरिएको जिल्ला समन्वय समिति प्रमुख जीवनारायण कोइरालाले बताए।

उनीसहित, प्रजिअ अर्याल, प्रहरी नायब उपरीक्षक मुकुन्द रिजाल, पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसाल, सडक पूर्वाधार कार्यालयका इञ्जिनीयर अशोक दुवाडी, निर्माण व्यवसायी संघका अध्यक्ष ऋषिराम अधिकारी, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेशसदस्य प्रेमनारायण आचार्यलगायत अनुगमन टोलीमा सहभागी थिए।

Facebook Comments

Read Previous

मेन्छियाम हाइड्रोपावरको आइपिओ आउँदै

Read Next

मीरगञ्ज पुल सञ्चालन, व्यवसायीलाई राहत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar