Nepal Purbadhar

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024

शनिबार, मंसिर ८, २०८१
Saturday, November 23, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

सुन्दर यातायातको विद्युतीय बस सेवा र चार्जिङ स्टेशन बन्द


काठमाडौं । सुन्दर यातायातले सञ्चालन गर्दै आएको विद्युतिय बस सेवा र चार्जिङ स्टेशन सोमबारदेखि बन्द गरेको छ । सरकार र विद्युत् प्राधिकरणको असहयोगले बन्द गर्नुपरेको कम्पनीको भनाइ छ ।
यसअघि आइतबार एक विज्ञप्ती जारी गर्दै सुन्दर यातायातले सवारी चार्जिङ स्टेशन र विद्युतिय बस सेवा बन्द गर्ने जानकारी दिएको थियो । सरकारी निकायकै असहयोगको कारणले विद्युतीय सार्वजनिक र अन्य निजी सवारीसाधन बन्द हुने भन्दै सुन्दर यातायातले आइतबार सरकारलाई २४ घण्टाको अल्टिमेटम दिएको थियो । २४ घण्टाभित्र डिमान्ड शुल्क नहटाए बाध्य भएर चार्जिङ स्टेशन र विद्युतीय सवारी साधन सञ्चालनमा रोक लगाउने विज्ञप्तीमा उल्लेख छ ।

काठमाडौं, जनकपुर, भैरहवा, विराटनगर, काकडभिट्टा लगायत देशका विभिन्न ठूला सहरमा सार्वजनिक विद्युतीय सवारीसाधन सञ्चालन गर्दै आएको छ । ‘हामीले विद्युत प्राधिकरणलाई पटक पटक डिमान्ड शुल्क घटाउन माग गरिरहेका थियौँ । मागअनुसार गतवर्षको मंसिरमा नै डिमान्ड शुल्क नलिने भनेको थियो’ सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाले भने ।

पहिले सरकारले विद्युत खपत बढाऔं भनको र पछि फेरी आफ्नो निर्णयबाट पछि हटेको उनको भनाइ छ । विद्युतिय गाडी र चार्जिङ स्टेशन निजी लगानीमा भित्राएपछि पनि विद्युत प्राधिकरणको शुल्क मात्र तिर्नुपर्ने ठाउँमा प्राधिकरणले चर्को डिमान्ड शुल्क बढाएपछि खर्च धान्नै मुस्किल भएपछि बन्द गरेको उनको भनाइ छ ।

सुन्दर यातायातले हाल १९० किलोबाट क्षमताको १२ वटा विद्युतीय चार्जिङ स्टेशन सञ्चालन गर्दै आएको छ । सुन्दर यातायातले हाल काठमाडौं उपत्यकाभित्र ६ वटा ठूला विद्युतीय गाडी र २ वटा हाइस सञ्चालन गर्दै आएको छ । यस्तै, जनकपुर, भैरहवा, विराटनगर, काकडभिट्टामा ४÷४ वटा गरी १८ वटा ठूला विद्युतीय बस र २ थान हाइस गरी २० वटा विद्युतीय गाडी सञ्चालनमा रहेको उनले जानकारी दिए ।


Read Previous

नयाँ थप्नेभन्दा निर्माणाधीन आयोजना सम्पन्न गर्ने कार्यलाई उच्च प्राथमिकताः खानेपानी मन्त्री

Read Next

ऊर्जा मन्त्री र इप्पानबीच भेट, समय सापेक्ष नयाँ विद्युत ऐन तत्काल ल्याउन सुझाब

Leave a Reply

Your email address will not be published. Required fields are marked *