Nepal Purbadhar

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024
तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण   

धारा बनेको एक वर्षसम्म पनि आएन पानी


म्याग्दी । बेनी नगरपालिका–१ उपल्लाचौरकी कल्पना थापामगरको आँगनमा धारा छ। खान, गाईवस्तुलाई खुवाउन र सरसफाइका लागि आवश्यक पानी सार्वजनिक धाराबाट पाइपमा जोडेर आपूर्ति गर्छिन्।

‘आँगनमा धारा भए पनि पानी आउँदैन,’ उनले भनिन्, ‘टोलको सार्वजनिक धारामा पानी आउँदा पालो लगाएर पाइपबाट ल्याएको पानी ड्रम, गाग्री र ग्यालिनमा सँगालेर उपभोग गर्छौँ ।’ कल्पनाजस्तै उपल्लाचौर र सालघारी टोलका धेरैजसो घरमा निजी धारा बनेको करिब एक वर्ष पुगे पनि पानी आपूर्ति भएको छैन। कालीगण्डकीको पानी तानेर घर–घरमा खानेपानी सुविधा पुर्याउने उद्देश्यले सुरु भएको रत्नेचौर लिफ्ट खानेपानी आयोजना निर्माणले गति लिन नसक्दा उपभोक्ताको दुःख नहटेको हो।

रत्नेचौरमा विस २०३५ मा निर्माण भएको खानेपानी आयोजना जीर्ण र अव्यवस्थित छ। जीर्ण संरचना र मुहान सुक्दै गएकाले पर्याप्त पानी आपूर्ति हुनसकेको छैन। आयोजना निर्माणमा भएको ढिलाइले घर–घरमा धाराबाट शुद्ध खानेपानी उपभोग गर्न पाउने आशा गरेका नागरिक निराश बनेका स्थानीय कृष्ण बोगटीले बताए।

दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित सञ्चालित करिब सात करोड रुपैयाँको खानेपानी आयोजनाले ठेक्का सम्झौता भएको ३१ महिनासम्म पनि पूर्णता पाएको छैन। बेनी नगरपालिका-१ रत्नेचौरका वडाध्यक्ष टेकबहादुर थापाले सम्बद्ध कार्यालय र निर्माण व्यवसायीको समझदारी नमिल्दा खानेपानी आयोजना निर्माणले निरन्तरता पाउन नसकेको बताए।

‘ताकेता गर्यो भने १५-२० दिन काम हुन्छ। अनि फेरि रोकिन्छ, हैरान भएका छौँ,’ उनले भने, ‘निर्माण कम्पनीका सञ्चालक र खानेपानी कार्यालयको असमझदारीले आयोजना प्रभावित बनेको हो।’ खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दी र प्राकृतिक-प्रदीप-जुम्ली जेभीबीच २०७७ असार २४ गते दुई करोड ७५ लाख ३६ हजार पाँच सय रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

कूल छ करोड ७६ लाख रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको उपभोक्ता समितिले गर्नुपर्नेबाहेकका संरचना बनाउन ठेक्का लगाइएको हो। विसं २०७९ असार २३ गतेसम्म मुहानमा इनार, मुख्य लाइन, संकलन, रिजर्भ र वितरण ट्यांकीलगायत संरचना निर्माण गरिसक्ने सम्झौता थियो।

हालसम्म एक वटा रिजर्भ फेरो ट्यांकी निर्माण सकिएको छ। दुईवटा ट्यांकी र इनार निर्माणलाई पूर्णता दिन बाँकी छ। मुख्य पाइप लाइन जडान र गाड्ने, शाखा लाइन खन्ने गाड्ने काम बाँकी छ। निर्माण कम्पनीका प्रतिनिधि होमनाथ सापकोटाले बाँकी कामलाई पूर्णता दिन शनिबारदेखि मजदुर र उपकरण परिचालन गरेको बताए।

‘इनार बनाउन खाडल खनिएको छ, कार्यालयले छिटो लाइन दियो भने मुख्य लाइनको जिआइ पाइप वेल्डिङ पनि तत्कालै सुरु हुन्छ,’ उनले भने, ‘बाँकी रहेका धारा बनाउन र पाइप लाइन पुर्नका लागि मजदुर ल्याएको छु। समुदाय र कार्यालयबाट वातावरण बन्यो भने दुई महिनाभित्र आयोजना निर्माण सकिन्छ।’

विसं २०७७ माघ ११ गते तत्कालीन प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले आयोजनाको शिलान्यास गरेका थिए। सिमस्थित कालीगण्डकी नदी किनारबाट पानी तानेर रत्नेचौर, उपल्लाचौर र सालघारीमा दुई सय ४३ घरधुरीमा निजी धारामार्फत खानेपानी वितरण गर्ने योजना छ। हालसम्म एक सय २० भन्दा बढी घरमा निजी धारा निर्माण भइसकेको छ।

तीस हर्सपावर क्षमताको सम्पवयलको सहायताले प्रतिसेकेण्ड ४.७ लिटर पानी चार सय ५० मिटरमाथि सालघारीमा निर्माण हुने एक सय १५ क्यूबिक क्षमताको ट्यांकीमा खसालेर घर-घरमा धारा जडान गरेर वितरण गरिने भएको छ। घर-घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिने यो आयोजनाको वितरण लाइनको कुल दूरी १८.७ किलोमिटर छ। खानेपानी कार्यालयले भने ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई कामलाई तीव्रता दिन ताकेता गरिएको जनाएको छ। रासस


Read Previous

रुकुमगाड जलविद्युत् आयोजनाको काम सकियो, परीक्षण बाँकी

Read Next

माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २ करोड

Leave a Reply

Your email address will not be published.