Nepal Purbadhar

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

ग्यासमा पनि स्वचालित मूल्य प्रणालीकाे पूर्ण कार्यान्वयन आवश्यक: थानी


काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले आयातित पेट्रोलियम पदार्थ माथिको निर्भरता घटाउन खाना पकाउने ग्यासमा पनि स्वचालित मूल्य प्रणाली लागु गर्न आवश्यक भएको बताएका छन् । निगमको ५३औं वार्षिकोत्सवका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निगमको वित्तीय स्वास्थ्य स्थिर राख्न पेट्रोल, डिजेलसँगै ग्यासमा समेत पूर्णरूपमा स्वचालित मूल्य प्रणाली लागु हुनुपर्ने बताएका हुन् ।

उनले पेट्रोलियम पदार्थको मूल्य घट–बढ हुँदा स्वचालित मूल्य प्रणाली लागु नगरेकै कारण निगमको वित्तीय स्वास्थ्य बिग्रने गरेको भन्दै ग्याससहित सबै पेट्रोलियम पदार्थमा यो प्रणाली लागु गर्न सहयोग पुर्याउन सबैमा आग्रह गरे । ग्यासमा स्वचालित मूल्य प्रणाली लागु हुँदा उपभाेक्ता विद्युतीय चुलाेकाे विकल्पमा जान सक्ने भएकाले यसले ग्यासकाे आयात घटाउन समेत याेगदान पुग्ने उनले बताए ।

उनले रुस–युक्रेन युद्ध सुरु भएपछि अन्तर्राष्ट्रिय स्तरमा पेट्राेलियम पदार्थकाे मूल्यमा भएको वृद्धि अनुसार निगमले स्वचालित मूल्य प्रणाली लागु गर्न नपाएका कारण संचित घाटा ५० अर्ब रुपैयाँसम्म पुगेकोमा अझै १८ अर्ब रुपैयाँ बढी घाटा यथावत रहेको बताए ।

उनले निगमले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, झापाको चन्द्रगढी विमानस्थल, जनकपुर विमानस्थल र दाङ विमानस्थलमा भण्डारणगृह निर्माण गरी डिपोहरूबाट जहाजहरूमा इन्धन भर्ने व्यवस्थाको सुरुवात भइसकेको जानकारी दिए । विमानस्थलहरूमा लिफ्युलरको संख्या अहिले अपुग रहेको हुँदा नयाँ रिफ्युलर खरिदका लागि प्रक्रिया अघि बढाइसकेको उनले बताए ।

उनले देशभरमा पूर्वाधारको निर्माणले गति लिएका कारण पेट्रोलको खपत २४ प्रतिशत र डिजेलको खपत २ प्रतिशत बढेको बताए । ‘हरेक वर्ष पेट्रोलियम खपत बढिरहेको छ । माग र आपूर्ति व्यवस्थापन मिलाउन भण्डारणगृहको विस्ता तथा थप भौतिक पूर्वाधार निर्माण गर्ने योजना कार्यन्वयन गर्न निगम लागेको छ’ उनले भने ।

उनले चालू आर्थिक वर्षमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा ३ हजार ६ सय किलोलिटरको अत्याधुनिक हवाई इन्धन डिपो निर्माण गर्न लागिएको बताए । उनका अनुसार मधेश प्रादेशिक कार्यालय अमलेखगञ्जमा १० हजार किलोलिटर क्षमताको भण्डारगृहको निर्माण हुँदैछ । झापा र धनुषामा ग्यास बोटलिङ प्लान्ट र भण्डारण निर्माणका लागि अहिले प्राविधिक अध्ययन भइरहेको जानकारी पनि थानीले दिए ।

यसैगरी, अमलेखगञ्ज-लोथर, सिलिगुडी–चारआली पेट्रोलियम पाइप लाइनको काम चालू आर्थिक वर्षमा नै सुरु गर्ने उनको भनाइ छ । साथै, झापाको चारआलीमा भण्डारगृह निर्माण तथा नेपालगञ्ज, धनगढी र सुर्खेतमा भण्डारण क्षमता अभिवृद्धि गर्ने निगमको योजना कार्यान्वयन गर्न चालू वर्षमा जग्गा प्राप्तिको काम थालनी गरिने उनले बताए ।

निगमको पोखरा प्रादेशिक कार्यालयमा निर्माणाधीन १० हजार किलोलिटर क्षमताको डिजिटल भण्डारगृह सम्पन्न गरी चालू आर्थिक वर्षभित्र सञ्चालनमा ल्याइसक्ने लक्ष्य रहेको उनले बताए ।

निगमले अहिले सञ्चालनमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनमार्फत डिजेल मात्रै आयात भइरहेकोमा अब पेट्रोलको समेत आयात गर्न प्रक्रिया अगाडि बढाइसकेको जानकारी थालीले दिए । निगमको कामलाई काजगविहिन बनाउ सूचना प्रविधिमा आधारित आधुनिक प्रविधिको उपयोगमा जाने पनि उनले बताए ।

‘सूचना प्रविधिमा भएको विकासको आत्मसाथ गर्दै प्रविधिमैत्री कार्यप्रणालीमा जोड दिएर कागजविहिन कार्यालय सञ्चालन गर्ने दिशामा निगम अगाडि बढेको छ’, उनले भने, ‘प्रत्यक्ष गुनासो व्यवस्थापन, कार्यप्रणालीमा पारदर्शिता र सूचनामा सरोकारवालाको पहुँच अभिवृद्धि गरी सुशासन कायम गर्ने प्रयासमा निगम छ ।’ निगमको सम्पूर्ण कार्यप्रणाली व्यवस्थित बनाउन ‘इन्टरप्राइजेज रिसोर्सेस प्लानिङ सफ्टवेर–(इआरपि) कार्यान्वयनमा ल्याएको पनि उनले बताए ।


Read Previous

एनआईसी एशियाले सञ्चालनमा ल्यायो १० वटा क्यास डिपोजिट मेसिन

Read Next

‘सडकमा किन ३ सिफ्टमा काम हुन सक्दैन ?’ : प्रधानमन्त्री

Leave a Reply

Your email address will not be published.