Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

बन्दीपुर केबलकारको काम अन्तिम चरणमा, बैशाखदेखि सञ्चालनको तयारी


दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन केबलकारको काम अन्तिम चरणमा पुगेको छ ।आगामी वैशाखदेखि व्यावसायिक रुपले सञ्चालनमा ल्याउने तयारी गरिएको केबलकारको काम अन्तिम चरणमा पुगेको हो ।

पाँचतारे होटलसहित निर्माण भइरहेको परियोजनाको काम हालसम्म ८० प्रतिशत सकिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । उनका अनुसार केबलकारको टावरको काम सकिएको छ । अहिले इन्जिन जडानको काम भइरहेको छ ।

इन्जिन जडानको काम सकेर लठ्ठाको काम सुरु गर्ने र त्यसपछि बाक्सा जडान गरिने शर्माले बताए । फागुनसम्म परीक्षण गरेर वैशाखदेखि व्यावसायिक हिसाबले सञ्चालनको लक्ष्य राखेका उनको भनाइ छ ।

विसं २०७५ साउनदेखि निर्माण सुरु भएको केबलकार परियोजना विभिन्न कारणले ढिलाइ भए पनि अब काम नरोकिने शर्मा बताउँछन । २ वर्ष त कोभिड र बन्दाबन्दीका कारण परियोजनाको काम नराम्ररी प्रभावित भएको उनको भनाइ छ ।

त्यसयता पनि निर्माण सामग्री समयमै आउन नसक्दा काम ढिलाइ हुँदै आयो, तर अहिले तीव्ररूपमा काम अगाडि बढेको छ ।आगामी वर्षको मङ्सिरभित्र पाँचतारे होटल र माघभित्र सम्मेलन केन्द्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

आगामी जेठभित्र भ्यूजरुम, असारभित्र वाक्स म्युजियम, साउनभित्र जीपलाइन, भदौभित्र बन्जी र स्काइवाक तथा असोजभित्र रेष्ट्रो क्याबिन सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

बन्दीपुर गाउँपालिका–४ बरालथोकमा पाँचतारे होटलको निर्माणकार्य पनि तीव्रगतिमा भइरहेको छ । केबलकार सिधै होटलभित्र छिर्ने प्रविधिसहितको हुने छ । पाँचतारे होटलसहितको केबलकारमा लगानी वृद्धि भएको छ ।

केबलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर २ अर्ब ६० करोड रुपैयाँ पुगेको जनाइएको छ । यस अगाडि केबलकारको क्षमता प्रतिघण्टा ३ सय रहेकामा त्यसलाई बढाएर ५ सय पु¥याइएको छ ।

होटलको कोठा सङ्ख्या ६६ रहेकामा त्यसलाई बढाएर ८७ पु¥याइएको छ । दश तलाको होटलसहितको भवनमा आधुनिक भ्यूटावर, बेनक्युट हल र ८० कोठा हुनेछन् । होटलको पूर्वाधारको काम सकिएको र फिनिसिङको काम बाँकी छ ।बन्दीपुर–४ ठुल्ढुङ्गाबाट सुरु हुने केबलकार सोही वडाको बरालथोकसम्म पुग्छ ।

केबलकारबाट एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ । ठूल्ढुङ्गास्वाँराबाट सुरू हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केवलकारले एक किलोमिटर छ सय मिटर यात्रा गर्नेछ ।

आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एण्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केबलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको हो ।

लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीहरूको कम्पनी हो । यसमा १ हजार १ सयभन्दा बढी लगानीकर्ता रहेका छन् ।रासस


Read Previous

महासंघका उद्योग उपसमिति सभापति आचार्य प्राधिकरणको सञ्चालक नियुक्त

Read Next

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडान सफल

Leave a Reply

Your email address will not be published.