Nepal Purbadhar

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024
तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण    उद्योग विभागद्वारा ४ परियाेजनाकाे ९ अर्ब १३ करोड रुपैयाँ बराबरकाे लगानी स्वीकृत    तनहुँकाे व्यासमा सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता    म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण    लगानी प्रवर्द्धन गर्न अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिँदै सकियाे तेस्राे लगानी सम्मेलन लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार   

जाइकाले डोल्मा फण्डमा १० मिलियन डलर लगानी गर्ने, स्वास्थ्य, प्रविधि र नविकरणीय उर्जामा उपयाेग हुने


काठमाडौं । जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) ले डोल्मा फण्ड म्यानेजमेन्ट (डिएफएम) ले प्रर्वद्धन गरेको स्वपूँजी लगानी कोष डोल्मा इम्प्याक्ट फण्ड दोस्रोमा १० मिलियन अमेरिकी डलर बराबर लगानी प्रतिवद्धतासम्बन्धी सम्झौतामा मंगलबार हस्ताक्षर गरेको छ

जाइकाको लगानी नेपालका निजी क्षेत्र द्वारा प्रर्वद्धित स्वास्थ्य सेवा, सूचनार डिजिटल प्रविधि तथा नविकरणीय उर्जामा काम गर्ने कम्पनीहरुको लागि प्रयोग गरिनेछ ।

जाइकाले उक्त लगानी नेदरल्याण्डसको उद्यमशिलता विकास बैक एफएमओ, बेलायत सरकारको विकास बैक ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेण्ट, स्वीडेन सरकारको विकास वित्तीय संस्था स्वीडेन फण्ड, अमेरिकी सरकारको विकास वित्तीय नियोग युनाइटेड स्टेट्स इण्टरनेशनल डेभलप्मेण्ट फाइनान्स कर्पोरेसन र विश्व बैकको इण्टरनेशनल फाइनान्स कर्पोरेसन सँगै सहवित्तीयकरणमा लगानी गरेको हो । यस सम्झौतासँगै डोल्मा इम्प्याक्ट फण्ड दास्रोको कूल अमेरिकी डलर ७१।९६ मिलियन पुगेको छ ।

सन् २०१५ को भूकम्पका कारण केही समय अस्थायी रुपमा आर्थिक मन्दी भोगेका अर्थतन्त्रको पुनरुत्थान भइसकेकोले नेपाल अल्पविकसित देशको श्रेणीबाट विकासोन्मुख देशमा स्तरोन्नती हुने चुनौती नेपाल समक्ष छ ।  नेपालमा उद्योगहरु र रोजगारीका अवसरहरुको अभावका कारणले आप्रवासी कामदारहरुको बढोत्तरी हुनगएको छ ।

यसैले गर्दा नेपालमा उद्योगहरुलाई आशाजनक जनशक्तीको अभाव पनि भइरहेको छ । तसर्थ नेपालमा स्वास्थ्य सेवा, सूचनार डिजिटल प्रविधि क्षेत्र जस्ता सम्भावनापूर्ण क्षेत्रहरुमा थप लगानी अपरिहार्य छ । प्राकृतिक रुपमै प्रचुर मात्रामा उपलब्ध जलस्रोतको परिचालन गरी जलविद्युतको उत्पादन गर्न समेत लगानी जरुरी रहेको छ ।

नेपालको जलविद्युतउ त्पादनको अनुमानित क्षमता ४२ हजार मेगावाट रहेकाले नेपालले दक्षिण एशियामा नै हरित गृह ग्यास उत्सर्जन घटाउन विशेष योगदान दिने विश्वास गरिएको छ ।

डोल्मा फण्ड म्यानेजमेन्टले औद्योगिक विकास, रोजगारी सिर्जना र नविकरणीय उर्जाको विकासलाई बढावा दिने किसिमका कोषहरुको व्यवस्थापन गर्छ । डोल्मा इम्प्याक्ट फण्ड दोस्रोले नेपालमा नविकरणीय उर्जा परियोजनाहरु,सूचनारडिजिटल प्रविधि कम्पनीहरु र स्वास्थ्य सेवाका कम्पनीहरुमा लगानी गर्नुका साथै प्राविधिक सहयोग समेत उपलब्ध गराउँदै आएको छ

डोल्मा फण्ड म्यानेजमेन्टको व्यवस्थापनले नेपालको पूँजीवजार, प्राइवेट इक्वीटी क्षेत्रको विकास एवं प्रबर्द्धनमा समेत अग्रणी भुमिका खेलेको छ  । यसका अतिरिक्त डोल्मा फण्डले लैंगिक समानताका लागि महिला प्रवर्द्धित कम्पनीहरुमा समेत प्राथमिकताका साथ लगानी गर्नेछ ।

यस किसिमका लगानीले दिगो विकास लक्ष्य विशेष गरी लैंगिक समानता, सस्तो र स्वच्छ उर्जा र मर्यादित काम र आर्थिक वृद्धि हासिल गर्न समेत उल्लेख्य सहयोग हुनेछ

जाइकाले हालसम्म विभिन्न प्राविधिक तथा वित्तिय परियोजनाहरु मार्फत नेपालको औद्योगिक विकास, नविकरणीय उर्जा र लगानी वातावरणको सुधारमा सहयोग गर्दै आएको छ ।

जाइकाले नेपालमा विद्यमान परियोजनाहरु र डोल्मा फण्डका लगानीहरु बीच तालमेल सिर्जना गरी थप सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको छ जाइकाले नेपालको निजी क्षेत्रमा यो पहिलो लगानी हो

डोल्मा फण्ड म्यानेजमेन्टले डोल्मा इम्प्याक्ट फण्ड र दोस्रोमा गरी कुल १०८।५ मिलियन अमेरिकी डलरको पूँजी परिचालन गर्ने छ । हालसम्म ४ नविकणीय उर्जा, ३ स्वास्थ्य सेवा, ६ सुचना प्रविधि डिजिटल सेवा सम्बन्धी कम्पनीहरुमा लगानीप्रतिवद्धता गरिसकेको छ ।

यसबाट ९ हजार ४५२ व्यक्तिलाई प्रत्यक्ष रोजगारी तथा हरेक वर्ष ३ लाख ६९ हजार ९९६ टन हरित गृह ग्यास उत्सर्जन कम गर्न मद्दत पुगेको छ ।


Read Previous

पूरा हुँदै साढे ४ दशकदेखिकाे पोखरेली सपनाः जनवरी १ देखि पाेखरा विमानस्थलमा उडानकाे तयारी

Read Next

ठूला नदी बेसिनको प्राकृतिक स्वरुप नबिगारी दिगो ऊर्जाकाे विकास

Leave a Reply

Your email address will not be published.