Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

‘महानगरमा बहुपक्षीय एकिकृत सार्वजनिक यातायात प्राधिकरण प्रभावकारी’


काठमाडौं । यातायात क्षेत्रका विज्ञहरूले संसारभर नै महानगरहरूमा सार्वजनिक यातायात सुस्त बनाउन बहुपक्षीय एकिकृत सार्वजनिक यातायात प्राधिकरण प्रभावकारी देखिएको बताएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संयुक्त राष्ट्र संघीय प्रशान्त तथा एशिया क्षेत्रको सामाजिक तथा आर्थिक आयोग (युएनस्काप)ले आयोजना गरेको कार्यक्रममा भारतका सीइपीटी विश्वविद्यालयका प्राध्यापक शिवनन्द स्वामीले भारतीय सहरको अनुभव प्रस्तुत गरे ।

उनले सहरमा बस्नेहरूको आवश्यकता एउटै सार्वजनिक यातायात प्रणालीले पूरा नगर्ने बताए । ‘बहुपक्षीय एकिकृत सार्वजनिक यातायात प्रणालीले मात्र ठूला सहरहरुको यातायात समस्या समाधान गर्नेछ’ उनले भने । महानगरहरकाे यातायात व्यवस्थित बनाउन एकिकृत महानगर यातायात प्राधिकरण स्थापना संसारभर नै प्रभावकारी देखिएको उनको भनाइ छ ।

प्राध्यापक स्वामीले कार्यक्रममा दीर्घकालीन, समावेशी र उत्थानशील सार्वजनिक यातायात प्रणाली योजनाको क्षेत्रिय अनुभव शीर्षकमा भारतलगायत अन्य ठूला सहरको यातायात प्रणालीबारे प्रस्तुति दिँदै उनले यातायातका समस्या लगानीले मात्र समाधान नहुने, यसको लागि नीतिगत र संस्थागत सुधार आवश्यक हुनेमा जोड दिए ।

त्यस्तै, राजनीतिक नेतृत्वको इच्छाशक्तिमा पनि सहरी यातायात प्रणालीमा सुधार ल्याउन सकिने उनले उल्लेख गरे । संयुक्त राष्ट्र संघीय प्रशान्त तथा एसिया क्षेत्रको सामाजिक तथा आर्थिक आयोग (युएनस्काप)का आर्थिक मामिला अधिकृत बेखजोड राख्माटोभले दक्षिण एसियामा विभिन्न प्रकारका यातायात भए पनि सरकारको लगानी न्यून रहेको बताए ।

उनले यस क्षेत्रमा दुई पांग्रे सवारी साधनको अधिक संख्या रहेको उल्लेख गरे । एसियाली देशमा अनौपचारिक यातायात प्रणालीको सञ्जाल समेत ठूलो रहेको र माहामारीले पनि व्यक्तिगत सवारी साधनको प्रयोग बढेको  उनले उल्लेख गरे ।

आर्थिक मामिला अधिकृत बेखजोड राख्माटोभले काठमाडौंको लागि मेट्रो रेल सञ्चालन प्रभावकारी देखिए पनि ठूलो लगानी आवश्यक रहेको उनकाे भनाइ छ । ‘बस र्यापिड टान्सपोर्टको लागि ठूलो ठाउँ आवश्यक हुन्छ भने केवलकार सञ्चालनको लागि उपयुक्त भौगोलिक अवस्थितिको आवश्यक पर्नेछ’ उनले भने ।

सार्वजनिक यातायातलाइ सुधार गर्नको अन्तरनिकाय समन्वय महत्त्वपूर्ण र युएनस्कापले पनि विशेषगरी विकासशील देशमा विषयमा जोड दिने गरको उनले उल्लेख गरे । उनका अनुसार अल्पविकसित देशमा प्राविधिक गुणस्तर, संस्थागत सुशासन र कार्यान्वयनको अभाव मूख्य समस्या देखाएका छन् ।

दिल्ली मेट्रो रेल निगमका महाप्रबन्धक रामगोपाल शर्माले नयाँ दिल्लीमा मेट्रो रेलको सफलताबारे प्रस्तुति दिए । उनले दिल्ली मेट्रो रेल निगमको सफलतापछि अन्य राज्यका महानगरमा पनि मेट्रो रेलका योजना थालिएको बताए । निगमले अहिले मेट्रो रेलका सम्पूर्ण परामर्शको काम पनि गरिरहेको र ढाका मेट्रो रेलमा काम गरेको  उनले जानकारी दिए ।


Read Previous

उपत्यकाको सार्वजनिक यातायात प्रणाली सुधार गर्न ढिलाे भयाेः सराेकारवाला

Read Next

बेलायतको सहयोगमा बनेकाे मुगु-हुम्ला सडक कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण  

Leave a Reply

Your email address will not be published.