Nepal Purbadhar

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

मङ्लबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024
२ महिनादेखि गण्डक जलविद्युत केन्द्रकाे विद्युत् उत्पादन ठप्प, दैनिक ८ लाख नाेक्सानी पोखरा-सेतीवेणी-रिडी सडकको ट्रयाक खुल्यो    १० महिनादेखि शेयर निष्काषन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित मुग्लिन-पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ   शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने    ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी   

‘फास्ट ट्र्याक’ मा विष्फोटक पदार्थको अभाव छैन: सेना


काठमाडौं । राष्ट्रिय गौरवको काठमाडौं–तराई मधेश दु्रत मार्ग (फास्ट ट्र्याक) आयोजना निर्माणमा विष्फोटक पदार्थको अभाव भएर काम रोकिएको भन्ने विषय हल्ला मात्र भएको सेनाले स्पष्ट गरेको छ ।

‘अहिले पनि आयोजनाको विभिन्न स्थानमा निर्माणको लागी विस्फोटक पदार्थको प्रयोग गरेर ‘ब्लास्टिङ’ गर्ने काम भइरहेको छ, अभावले काम रोकेको भन्नेचाँहि हाम्रो जानकारीमा छैन’ सेनाका सूचना अधिकारी नारायण सिलवालले भने ।

सुरुङमार्ग निर्माणको काम चिनीया निर्माण कम्पनीले गरिरहेका छन् । पछिल्लो समयमा भारतले नेपालमा अयोजना निर्माणको ठेक्का लिएका चिनीया कम्पनीलाई विष्फोटक पदार्थ उपलब्ध गराउन रोकेको निजी जलविद्युत आयोजना प्रवद्धकले बताएका थिए । उनीहरुले फास्ट ट्र्याकमा चिनीया कम्पनी संलग्न भएकाले त्यहाँ पनि विष्फोटक पदार्थ अभाव रहेको दाबी गरेका थिए ।

फास्ट ट्र्याक आयोजनाको व्यवस्थापन गरिरहेको नेपाली सेनाले भने विष्फोटक पदार्थ ल्याउने जिम्मा सेनाको नभइ ठेक्काको सर्त अनुसार निर्माण कम्पनीको भएका र अहिले सम्म विष्फोटक पदार्थ ल्याउनमा अवरोध भएको विषय जानकारीमा नभएको स्पष्ट पारेको छ ।

‘ठेक्काको सर्त अनुसार सेनाले निर्माण कम्पनीलाई विस्फोटक उपलब्ध गराउनु गराउनुपर्दैन, उनीहरुले नै व्यवस्थापन गर्ने भन्ने छ’ सिलवालले भने ।

उनले आयोजनामा संलग्न केही कम्पनीले भारतबाट विष्फोटक पदार्थ ल्याउनको लागी ‘नो अब्जेक्सन सर्टिफिकेट’ लगिसकेको र केही त्यो प्रक्रियामा बसिरहेको जानकारी दिए ।

सेनाले पनि विष्फोटक पदार्थको उत्पादन गरिरहेको छ । तर, निर्माण कम्पनीलाई भने सेनाले उत्पादन गरेकै विष्फोटक पदार्थ प्रयोग गर्नुपर्ने बाध्यता छैन् ।

फास्ट ट्र्याक निर्माण कम्पनीको हकमा चाहिँ उनिहरुले नै कताबाट ल्याउन उपयुक्त हुन्छ वा कति लागतमा ल्याउँदा उपयुक्त हुन्छ त्यो उनिहरुलाई नै भर पर्ने सेनाको भनाइ छ ।

आयोजनाको प्रारम्भदेखि गत असारसम्म भौतिक प्रगति २१.१८ प्रतिशत र वित्तीय प्रगति १९.५८ प्रतिशत भएको छ । यस अवधिमा यो आयोजनामा कुल ३४ अर्ब २९ करोड खर्च भइसेकेको छ ।


Read Previous

१०९ दिनभित्र सबै सरकारी गाडीमा ईम्बोस्ड नम्बर प्लेट अनिवार्य

Read Next

सिमेन्ट उद्योगका लागि एलसी ‘थ्री’ प्रविधि सस्तो र वातावरणमैत्रीः विज्ञ

Leave a Reply

Your email address will not be published.