Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

बाँके ब्लक-१ र ब्लक-२ को सौर्य विद्युत प्रवाहका लागि साढे १५ किलोमिटर प्रसारण लाइन निर्माण हुँदै


काठमाडौं । बाँकेको खजुरा–८ मा निर्माणाधीन २० मेगावाटको बाँके सौर्य विद्युत आयोजनाको विद्युत प्रवाह गर्न साढे १५ किलोमिटर प्रसारण लाइन निर्माण गरिने भएको छ । गोल्यान समूहले निर्माण गरिरहेको बाँके ब्लक–१ (१० मेगावाट) र बाँके ब्लक–२ (१० मेगावाट) को विद्युत प्रवाह गरी कोहलपुर सबस्टेसनसम्म पुर्याउन ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिने भएको हो ।

विद्युत विकास विभागले प्रसारण लाइन आयोजनाको अनुमतिपत्र दिने प्रक्रिया अघि बढाएको छ । विभागले बुधबार सार्वजनिक सूचना जारी गरी प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा कुनै प्रकारको प्रतिकुल प्रभाव पर्ने भएमा अबको ३५ दिनभित्र लिखित राय/सुझाव पेश गर्न सम्बन्धित सरोकारवालाहरू समक्ष आग्रह गरेको छ ।

प्रसारण लाइन निर्माणको अनुमतिका लागि आयोजनाको प्रवद्र्धक पियोर इनर्जी कम्पनीले आवेदन दिएको हुँदा विभागले त्यसको कार्यान्वयन गर्न सरोकारवालाको राय/सुझाव मागेको हो ।

प्रवर्द्धक कम्पनीले बाँके ब्लक–२ सौर्य विद्युत आयोजनादेखि बाँके ब्लक–१ को स्वीचयार्डसम्म सिंगल सर्किट र त्यहाँबाट कोहलपुर सबस्टेसनसम्म डबल सर्किट प्रसारण लाइन निर्माण गर्नेछ । विभागका अनुसार यो प्रसारण लाइनको रुटमा ११.०५३१ हेक्टर जग्गा आवश्यक पर्नेछ ।

अनुमतिपत्र जारी भएपछि २०८० साल जेठ १५ गतेभित्र यो प्रसारण लाइन तयार गरी सञ्चालनमा ल्याउनु पर्ने तालिका तोकिने विभागले जनाएको छ । गोल्यान समूहको लगानी रहेको यो सौर्य विद्युत आयोजना अहिले निर्माणाधीन छ । यो सौर्य विद्युत आयोजनामा भारतको रेनेर्गो डेभलपर्स कम्पनी पनि जोडिएर काम गरिरहेको छ ।


Read Previous

अपि पावरले सिमरामा ५ मेगावाटको हरित हाइड्रोजन प्लान्ट राख्ने

Read Next

पोल भाडा नतिर्ने सेवा प्रदायकलाई फेरि प्राधिकरणको ताकेता, सम्झौता नगरी नयाँ सेवा विस्तार गर्न नपाइने

Leave a Reply

Your email address will not be published.