Nepal Purbadhar

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

फागुन १२ र १३ मा ऊर्जा सम्मेलन हुँदै,विद्युत व्यापारलाई मुख्य एजेण्डा बनाइने


काठमाडौं । आगामी फागुन १२ र १३ गते (२३ र २४ फेब्रवरी, २०२३) आठौं ऊर्जा सम्मेलन आयोजना हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को अगुवाईमा तेस्रो संस्करणको ऊर्जा सम्मेलन राजधानीमा आयोजना हुन लागेको हो ।

सम्मेलनमा ऊर्जा क्षेत्रका विविध विषयमा छलफल तथा बहसहरू हुने इपान उपाध्यक्ष गणेश कार्कीले बताए । उनका अनुसार दुई दिनसम्म चल्ने सम्मेलनमा ऊर्जा क्षेत्रको विकास, यो क्षेत्रको विस्तामा अहिलेसम्म भएको प्रगति तथा आन्तरिक एवं अन्तरदेशीय विद्युत व्यापारका विषयमा पनि वृहत छलफल हुनेछ ।

‘२ दिने ऊर्जा सम्मेलन आयोजना गर्ने तयारी गरिरहेका छौं,’ उनले नेपाल पूर्वाधारसँग भने,‘भइरहेको तयारीबारे चाँडै पत्रकार सम्मेलन गरेर जानकारी गराउनेछौं ।’ उनले निजी क्षेत्र सक्रिया हुँदा आन्तरिक विद्युत उत्पादन बढ्दै गएको हुँदा आगामी सम्मेलनमा आन्तरिक विद्युत खपत वृद्धि तथा अन्तरदेशीय विद्युत व्यापारलाई मुख्य एजेण्डा बनाएर छलफल गरिने पनि बताए ।

इपानले अर्का उपाध्यक्ष आशीष गर्गको संयोजकत्वमा सम्मेलनको तयारी समिति गठन गरेको छ । ऊर्जा सम्मेलनमा ऊर्जा क्षेत्रमा क्रियाशिल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालाहरूलाई आमन्त्रण गरिने इपानले जनाएको छ ।

यसअघि सन् २०१९ मा  दोस्रो ऊर्जा सम्मेलन भएको थियो । यो सम्मेलनले विद्युत व्यापारको मुद्दा उठाएको थियो ।

यस्तै, सन् २०१७ मा पहिलो सम्मेलन सम्पन्न भएको थियो । यो सम्मेलनले ‘१० वर्षमा १० हजार मेगावाट’ विद्युत उत्पादन नारा दिएको थियो ।


Read Previous

पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको रिगताल   

Read Next

प्राधिकरणले भारतलाई विद्युत बिक्री गरेर साढे पाँच महिनामा १० अर्ब ३८ करोड कमायाे

Leave a Reply

Your email address will not be published.