Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

निक्षेपको ब्याजदर नबढाउने बैंकर्स संघकाे निर्णय


वाणिज्य बैंकहरूले  मङ्सिर महिनामा पनि निक्षेपको ब्याजदर नबढाउने भएका छन् ।

मंगलबार बसेको वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स संघकाे बैठकले मङ्सिरमा निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेका हुन ।

आम रुपमा बैंकको ब्याजदर घटाउनुपर्ने माग उठ्दै आएको छ । निक्षेपको ब्याज बढ्दा कर्जाको समेत ब्याज बढ्न जाने भएकाले अर्थतन्त्रका अन्य क्षेत्रमा चाप पर्दै आएको छ ।

ब्याजदर बढ्दा आर्थिक क्षेत्रमा चाप परेको र लगानीको वातावरण क्रमशः बिग्रदै गएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्सलगायतका संघ संस्थाले ब्याजदर तत्काल घटाउन माग गरिरहेको छन् ।

यही सन्दर्भमा बैंकर्स संघले मङ्सिरमा भने निक्षेपको ब्याजदर नबढाउने निर्णय गरेको संघका उपाध्यक्षसमेत रहनुभएका एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले जानकारी दिए ।

संघले ब्याजदर नबढाउने निर्णय गरेसँगै कात्तिक महिनामा लागू गरिएको ब्याजदर नै लागू हुनेछ ।

बैंकहरुले निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव १३ प्रतिशत र संस्थागततर्फ ९ दशमलव १३ प्रतिशत ब्याज प्रदान गरिरहेका छन् । गत वर्षको चैतदेखि गत असोजसम्म मासिक पूर्ववत् ब्याजदरमा १० प्रतिशतका दरले निक्षेपको ब्याजदरमा वृद्धि गर्ने निर्णय गरिएको थियो ।

गत भदौसम्म व्यक्तिगत मुद्दती निक्षेपमा ११ दशमलव शून्य ३ प्रतिशत तथा संस्थागत मुद्दती निक्षेपमा ९ दशमलव शून्य ३ प्रतिशत ब्याजदर रहेको थियो ।


Read Previous

सोलु दूधकोसीको संरचनामा पानी भरेर परीक्षण सुरु,८६ मेगावाट विद्युत प्रणालीमा आउँदै

Read Next

नवलपरासीका मतदाता भन्छन, ‘विद्युत् आएन तर भोट हाल्ने दिन आयो’

Leave a Reply

Your email address will not be published. Required fields are marked *