Nepal Purbadhar

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024

आइतवार, मंसिर ९, २०८१
Sunday, November 24, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

नौमुरे बहुउद्देश्य परियोजनाको अध्ययन सकियो, निर्माण कहिले ?


काठमाडौं । ३ दशकअघि पहिचानमा आएको नौमुरे बहुउद्देश्य जलविद्युत परियोजनाको अध्ययन पूरा भएको छ । विद्युत विकास विभागले लुम्बिनी प्रदेशको पश्चिम राप्ती नदीमा प्रस्तावित परियोजनाको सम्भाव्यता अध्ययनको काम पूरा गरेको हो ।

अहिलेसम्म परियोजनाको सम्भाव्यतासँगै वातावरणीय प्रभाव मूल्याङकन (इआइए) अध्ययन कार्य पनि सम्पन्न भएको विभागले जनाएको छ । यो परियोजना अन्तर्गत २८१ मेगावाटका ३ जलविद्युत र कपिलवस्तु सिँचाइ गरी ४ आयोजना निर्माणका लागि प्रस्तावित छन् ।

विभागले गरेको अध्ययन अनुसार माडी र झिम्रुक नदीको दोभानभन्दा २ किलोमिटर तल राप्ती नदीमा परियोजनाको बाँध निर्माण गरिने भएको छ । परियोजनाको बाँधको उचाई १६९ मिटर अग्लो हुनेछ ।

बहुउद्देश्य परियोजना भएका कारण जलाशयमा जम्मा भएको पानी विद्युत उत्पादन तथा खेतीयोग्य भूमिको सिँचाइका लागि उपयोग हुने विभागले जनाएको छ । परियोजना अन्तर्गत प्युठान र अर्घखाँची जिल्लामा नौमुरे जलविद्युत आयोजना निर्माण गरिनेछ ।

यो आयोजनाको जडित क्षमता २१८.३४ मेगावाट हुने अध्ययनले देखाएको छ । यो आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक ८७.४ करोड युनिट विद्युत उत्पादन गर्न सकिनेछ । सुख्खा यामको उत्पादन ३०.५० करोड युनिट हुनेछ ।

नौमुरेबाट आयोजनाको बाँधबाट करिब ६.५ किलोमिटर तल लामाताल गाउँ नजिक १५.५ मिटर अग्यो ब्यारेज निर्माण गरी लामाताल जलाशय निर्माण गर्नुपर्ने अध्ययनले देखाएको छ । यो जनाशलयमा जम्मा भएको पानी ८ मेगावाटको लामाताल जलविद्युत आयोजनामा उपयोग गरी विद्युत उत्पादन गर्न संरचना निर्माण गरिनेछ । यो विद्युतगृहबाट विद्युत उत्पादन भई निकास हुने पानी राप्ती नदीको तल्लो तटिय क्षेत्रमा सिँचाइका लागि उपलब्ध गराइनेछ ।

लामातालको विद्युतगृहबाट निस्कने पानीको केही परिमाण १८ किलोमिटर लामो सुरुङ निर्माण गरी कपिलवस्तुको शिवराज नगरपालिका–१ को सुराइ खोला नजिक विद्युतगृह निर्माण गरी ५४.७ मेगावाट विद्युत उत्पादन गरिने अध्ययनले देखाएको छ ।

सुराइना जलविद्युत आयोजनाको विद्युतगृहबाट निकास भई आउने पानी कपिलवस्तुको २९ हजार ७ सय ३६ हेक्टर कृषियोग्य भूमिमा सिँचाई गर्ने गरी यो बहुउद्देश्य परियोजना निर्माण गरिनेछ । आयोजना निर्माण गर्दा ३ हजार ४ सय १४ वर्ग किलोमिटर क्षेत्रफल आवश्यक पर्नेछ ।

पहिलो आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक ८७.४ करोड युनिट विद्युत उत्पादन हुनेछ । दोस्रो आयोजनाबाट ३.८ करोड युनिट तथा तेस्रो आयोजनाबाट २६.२ करोड विद्युत उत्पादन गर्न सकिनेछ ।

यो सिँचाइ आयोजना निर्माण हुँदा दाङ, बाँके र कपिलवस्तु जिल्लाको खेती योग्य भूमिमा सिँचाइ सुविधा पुर्याउन सकिनेछ । सिँचाइ आयोजनाबाट ३ जिल्लाको ८३ हजार ३०२ हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्नेछ ।

परियोजना अन्तर्गत जलविद्युत र सिँचाइका गरी ४ वटै आयोजना निर्माणका लागि १ खर्ब २५ अर्ब ५६ करोड ४४ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । सञ्चालनमा आएको १३ वर्षभित्र परियोजनाले लगानी पे–ब्याक गर्नेछ ।

सन् १९९० यता विभिन्न चरणमा नौमुरे परियोजना अध्ययन गरिएको छ । नेपाल विद्युत प्राधिकरणले पहिलो पटक सन् १९९० मा यो परियोजनाको अध्ययन गरेको थियो । प्राधिकरणले पहिले गरेको अध्ययनलाई पुनरावलोकन गरी सन् २००१ मा आयोजनाको जडित क्षमता २०७ मेगावाट देखिएको थियो ।

पछिल्लो पटक विभागले बहुउद्देश्य परियोजना निर्माण गर्ने गरी अध्ययन गरेको छ । अध्ययन पूरा भइसके पनि परियोजनाको निर्माण कहिलेबाट सुरु हुने भन्ने तालिका तोकिएको छैन । यति ठूलो परियोजनामा लगानी कसरी व्यवस्थापन गर्ने भन्ने टुंगो पनि अहिलेसम्म लाग्न सकेको छैन ।

निर्वाचनकाे समयमा याे परियाेजना सधैं चर्चामा रहने गरेकाे छ । निर्वाचनमा उठ्ने राजनितिक दलकाे प्राथमिकतामा याे परियाेजना बिगत ३१ वर्षदेखि पर्दै आएकाे छ । निर्वाचन सकिएपछि परियाेजना निर्माणकाे चर्चा पनि सेलाउँछ ।


Read Previous

मौद्रिक नीतिका व्यवस्था कार्यान्वयन चुनौतिपूर्ण: सिबिफिन

Read Next

डेढ दशकपछि नेपाल-बंगलादेश जलस्रोत समितिको सचिवस्तरीय बैठक बस्दै

Leave a Reply

Your email address will not be published. Required fields are marked *