Nepal Purbadhar

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

डेढ दशकपछि नेपाल-बंगलादेश जलस्रोत समितिको सचिवस्तरीय बैठक बस्दै


काठमाडौं । साढे १४ बर्षपछि नेपाल-बंगलादेश जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक बस्ने भएको छ । करिब डेढ दशकपछि आगामी बिहीबार (साउन १२ गते) काठमाडाैंमा दुवै देशबाट विज्ञ समूह सम्मेलित जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक बस्न लागेकाे हाे ।

बैठकमा जलस्रोतको उपयोग तथा बाढी नियन्त्रण सम्बन्धी मुख्य एजेण्डामा छलफल हुँदैछ । बैठकमा नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सागर राई तथा बंगालादेशकाेतर्फबाट त्यहाँकाे जलस्रोत मन्त्रालयका वरिष्ठ सचिव कबिर विन अनवारले नेतृत्व गर्दैछन् ।

साढे १४ बर्षपछि दुई देशबीच जलस्रोतका मुद्दाबारे छलफल गर्न बैठक बस्न लागेको मन्त्रालयकाे जलस्रोत महाशाखा प्रमुख डा.महेश्वर श्रेष्ठले जानकारी दिए । उनका अनुसार जलस्राेतकाे उपयाेग तथा बाढी नियन्त्रणका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

बैठकमा नेपालको तर्फबाट डा. श्रेष्ठसहित, विद्युत विकास विभागका महानिर्देशक संदीप देव, जल तथा मौसम विज्ञान विभागका महानिर्देश कमलराम जोशी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक शुशीशचन्द्र आचार्य लगायत सहभागी हुँदैछन् ।

बैठकमा जलस्रोत क्षेत्रको विकास, जलवायु परिवर्तनको मुद्दा, जलस्रोतको अध्ययन र अनुसन्धान, बाढी नियन्त्रण एवं जल तथा मौसम सम्बन्धी तथ्यांकहरूको आदान-प्रदानका विषयमा पनि छलफल हुने मन्त्रालयले जनाएको छ ।

पछिल्लो पटक सन् २००८ को फेब्रुअरी २६ देखि २९ सम्म जलस्राेत समितिकाे सचिवस्तरीय संयुक्त बैठक बसेको थियो ।


Read Previous

नौमुरे बहुउद्देश्य परियोजनाको अध्ययन सकियो, निर्माण कहिले ?

Read Next

एउटै निर्माण व्यवसायीले ५ भन्दा बढी खरिद सम्झौता गरे/नगरेको पत्ता लगाउन जाँच शुरु

Leave a Reply

Your email address will not be published.