Nepal Purbadhar

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

कुलमानले सफलताको कथा सुनाउँदै भनेः ‘खाली खुट्टा आएर यही स्कूल पढेको हुँ ।’


काठमाडौ । लोडसेडिङ अन्त्य गरेर चर्चित बनेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डहु मावि सुनापतीका विद्यार्थीमाझ आफ्नो अनुभव र बच्चाको संघर्षको कथा सुनाएका छन् ।

बुधबार गुरु पूर्णिमाको अवसरमा विद्यालयले आयोजना गरेको कार्यक्रममा उनले आफू डहु मावि पढेरै ठूलो सफलता हासिल गरेको बताए । ‘यही विद्यालयमा म खाली खुट्टा हिडेर आउँथे, खुब दुःखका साथ पढेको हुँ ।’–उनले भने–‘निरन्तर मेहनत गर्नुपर्छ, यसबाट ठूलो सफलता पाउन सकिन्छ ।’

डहु विद्यालयले ४० भन्दा बढी इन्जिनियरका साथै धेरै डाक्टर र उच्च अधिकारीहरु उत्पादन गरिसकेको बताउँदै आफू डहु माविमा पढेको भन्दा गर्व लाग्ने बताए । ‘हामीले पढेको यस विद्यालयका विद्यार्थीहरुले उच्च स्तरको शिक्षा लिन लाग्नुपर्छ, अहिले यहाँ राम्रा विद्यार्थी उत्पादन भईरहेका छन् ।’–उनले भने–‘रामेछाप जिल्लाकै यो विद्यालय उत्कृष्ट विद्यालयको रुपमा सञ्चालन भएकोमा खुशी लागेको छ ।

निरन्तर मेहनत र परिश्रमले सफलता पाउन सकिने भन्दै उनले आफूले डहुपछि काठमाडौका विभिन्न कलेजका साथै भारतमा गएर इन्जिनियर पढेको पनि बताए । ‘अहिले जहाँ पुगेको छु, त्यसको संघर्ष ठूलो छ तर विकट ठाउँमा जन्मिएपछि परिश्रम गरेर पढ्न सके सफलता पाउन सकिन्छ ।’

आफू पढेको विद्यालय सरकारी भएर पनि बोर्डिङभन्दा राम्रो पढाई भएको तथा रामेछापभित्र मात्र होइन, देशभित्रकै एउटा विद्यालय बन्न सफल भएकोमा आफूलाई खुशी लागेको बताए ।


Read Previous

जलविद्युत आयोजनाकाे २४ करोड ८७ लाख रुपैयाँ रोयल्टी उठेन

Read Next

पर्याप्त अध्ययन विना नै देशभर ३ दर्जन सभाहल निर्माणाधीन, तर भएकै सभाहल प्रयोगविहिन

Leave a Reply

Your email address will not be published.