Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

व्यवसायिक प्रयोजनले निर्माण गरिएका ३ सय ४४ ठूला बायोग्यास प्लान्ट सञ्चालनमा


काठमाडौं । बढ्दो आयातित एपि ग्यास प्रतिस्थापन तथा खेतबारीका लागि प्राङ्गारिक मल उत्पादन गर्ने उद्देश्यले फोहोरको उपयोग हुने गरी निर्माण गरिएका ३ सय ४४ ठूला बायोग्यास प्लान्ट सञ्चालनमा आएका छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको अनुदान सहायता एवं सम्बन्धित जिल्लाका महानगर, उपमहानगर र नगरपालिकाहरूको प्रत्यक्ष संलग्नता रही निजी क्षेत्रकोसमेत लगानीमा निर्माण गरिएका यी ठूला बायोग्यास प्लान्ट सञ्चालनमा ल्याइएको हो ।

सरकार र विश्व बैंकको सहकार्यमा सुरु गरेको ‘नवीकरणीय ऊर्जा विस्तार कार्यक्रम’ अन्तर्गत स्थानीय तह र निजी क्षेत्रको समेत संलग्नतामा ठूला बायोग्यास प्लान्ट निर्माण गरिएको हो । अनुदान सहायत तथा स्थानीय तह एवं निजी क्षेत्रको प्रत्यक्ष संलग्नतामा अहिलेसम्म देशभरका ४० जिल्लामा ठूला बायोग्यास प्लान्ट निर्माण भई सञ्चालनमा आइसकेको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार सबैभन्दा बढी ५० वटा ठूला बायोग्यास प्लान्टको प्रविधि सुनसरी जिल्लामा जडान गरिएको छ । मोरङमा ४१ वटा ठूला बायोग्यास प्लान्ट जडान भई सञ्चालनमा छन् । कास्की जिल्लामा ३८ वटा ठूला बायोग्यास प्लान्ट जडान हुँदा झापामा ३४ वटा, काठमाडौंमा ३१ वटा र तनहुँमा १८ वटा जडान भएको केन्द्रको तथ्यांकमा उल्लेख छ ।

यस्तै, चितवनमा १३, लमजुङमा १२ तथा काभ्रे र ललितपुरमा १०/१० वटा बायोग्याल प्लान्ट तयार भई सञ्चालनमा आइसकेका छन् । सबैभन्दा कम प्युनठान, ताप्लेजुङ, उदयपुर, नुवाकोट, बर्दिया, धादिङ, दोलखा र इलामा १/१ वटा ठूला बायोग्यास प्लान्ट निर्माण गरिएको छ ।

करौडौं रुपैयाँ लगानीमा निर्माण भएका यी बायोग्यास प्लान्टले ग्सास एवं प्राङ्गारिक मल उत्पादन गरिरहेका छन् । ठूला बायोग्यास प्लान्टबाट उत्पादन भएको ग्यास स्थानीय क्षेत्रमा बिक्री वितरण हुने गरेको छ । केही बायोग्यास प्लान्टले उत्पादन गर्ने ग्यास पाइपलाइनबाट स्थानीयको घर–घरमा पुर्याइएको छ भने कहीं सिलिन्डरमा भरेर होटल तथा रेष्टुरेन्टहरूमा दिने गरिएको छ ।

व्यापारिक प्रयोजनले निर्माण भएका ठूला बायोग्यास प्लान्ट सञ्चालनमा आउँदा आयातित ग्यास प्रतिस्थापनमा सहयोग पुग्नुका साथै कार्बन उत्सर्जनमा कमी आई जलवायु परिवर्तनको असर न्युनिकरणमा पनि योगदान पुगिरहेको छ ।

सरकारले नवीकरणीय ऊर्जा अन्तर्गत राखेर फोहोरको उपयोग हुने ठूला बायोग्यासको विकासलाई महत्त्व दिएपछि यस्ता परियोजनमा लगानी पनि बढ्दै गइरहेको छ । बढ्दो सहरीकरणका कारण फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनिरहेका बेला कुहिने फोहोरको उपयोगबाट ठूला बायोग्यास प्लान्ट निर्माण गरी सञ्चालनमा ल्याउनु उत्तम विकल्प मानिएको छ ।

व्यापारिक प्रयोजनले निर्माण गरिएका ठूला बायोग्यास प्लान्टमा गाई भैंसीको गोबर, कुखुराको सुली, सुँगुर/बंगुर फार्मको फोहोर, घरको भान्छाबाट निस्कने फोहोरको उपयोग हुँदै आएको छ ।

घरायसी प्रयोजनका लागि देशभरमा ४ लाख ३१ बायोग्यास प्रविधि जडान भएको केन्द्रले जनाएको छ । केन्द्रले विभिन्न देशका विकास साझेदार निकायहरूसँगको सहकार्यमा ग्रामीण घरधुरीमा बायोग्यास प्रविधि जडान गरेको हो ।

देशभरका ७७ वटै जिल्लामा घरायसी बायोग्यास प्रविधि पुगिसकेको केन्द्रको तथ्यांकमा उल्लेख छ । घरमा पालिने पशु चौपायाको फोहोर उपयोग गरी उत्पादन हुने बायोग्यास ग्रामीण भान्छामा उपयोग हुने गर्दछ ।


Read Previous

बञ्चरेडाडाँ क्षेत्रका ५ सडकलाई साढे ४२ करोड विनियोजनको प्रतिवद्धता, मंगलबारदेखि काठमाडौको फोहोर उठाउने सहमति

Read Next

अहिले नै सबै सवारी साधनलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य होइनः विभाग

Leave a Reply

Your email address will not be published. Required fields are marked *