Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
कन्सियस इनर्जी र ऊर्जा डेभलपर्सले ग्रीन हाइड्रोजन उत्पादनका लागि लगानी प्रवर्द्धनमा सहकार्य गर्ने विद्युत् विधेयक लगानीमैत्री बनाउन प्रवर्द्धककाे माग,प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश दिन्छाैंः सभापति सिंह सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’ भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने    राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने

देशभर इन्टरनेटको आक्रमक विस्तार, ९२ प्रतिशत वडा कार्यालयमा पहुँच


नेपाल पूर्वाधार । नेपालका अधिकांश योजनामा लक्ष्य अनुसार काम हुनै सक्दैनन भन्ने मानसिकता विकास भइसकेको छ । सरकारी प्रक्रियागत झन्झट, आयोजना व्यवस्थापनमा लापारवाही, चुस्तदुरुस्त कार्यसम्पादन प्रणाली नहुँदा आयोजना वर्षौसम्म अलपत्र हुनु सामान्य जस्तै बनेको छ । तर, सूचना प्रविधिसँग जोडिएको विषय भने तुलनात्मक रुपमा पृथक देखिएको छ । पछिल्लो समय नेपालमा इन्टरनेट विस्तारको रफ्तार हेर्ने हो भने साँच्चिकै लोभलाग्दो देखिन्छ ।

सरकारले राखेको लक्ष्यभन्दा पनि द्रुत गतिमा इन्टरनेट सञ्जालको पहुँच वृद्धि भइरहेको छ । जुन अन्य क्षेत्रका लागि ‘टे्रण्ड सेटर’ कै रुपमा लिन सकिन्छ । जुन लक्ष्यभन्दा पनि चाँडै नै सम्पन्न भएर समाजमा थप ऊर्जा भर्ने काम भइरहेको छ । अहिले इन्टरनेट सवैका लागि अत्यावश्यक साधन जस्तै भइसक्यो । नेपालमा इन्टरनेटको विस्तार लक्ष्यभन्दा कैयौ गुणा छिटो विस्तार भइरहेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चालु आर्थिक वर्ष २०७८/७९ मा कुल जनसंख्याको ९२ प्रतिशत जनतामा इन्टरनेट सेवा अर्थात इन्टरनेट ग्राहकको घनत्व पुर्‍याउने लक्ष्य राखेको थियो ।

तर, चालु आर्थिक वर्षको ९ महिनाकै अवधिमा सरकारले राखेको लक्ष्यभन्दा धेरै इन्टरनेट ग्राहक विस्तार गर्न सफल भएको छ । मन्त्रालयको ९ महिना (चैत मसान्त) सम्मको प्रगति १२२.५१ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षसम्म इन्टरनेट ग्राहकको घनत्व ९० प्रतिशत मात्रै थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता विनोद प्रकाश सिंहले पछिल्लो समय इन्टरनेको विस्तार/पहुँच द्रुत गतिमा भएकाले लक्ष्यभन्दा धेरै उपलब्धी हासिल गर्न सकेको बताउँछन् । ‘कोभिड १९ को संक्रमणपछि इन्टरनेट प्रयोगकर्ताको संख्यामा ह्वातै वृद्धि भएको छ,’ उनले भने ‘अहिले सहरी क्षेत्रमा मात्रै होइन, दुर्गम ठाउँमा पनि सहज र सरल तरिकाले पहुँच र सेवा विस्तार भएको छ ।’

मन्त्रालयले इन्टरनेट ग्राहकको घनत्वमा मात्रै आक्रमक लक्ष्य भेट्टाएको होइन् । मन्त्रालयले फिक्स्ड ब्रोडव्यान्ड सेवा तथा मोबाइल ब्रोडव्यान्ड दूवैमा पनि उल्लेखनीय प्रगति हासिल गरेको छ । मन्त्रालयले चालु आर्थिक वर्षको असार मसान्तसम्म कुल जनसंख्यामा फिक्स्ड ब्रोडव्यान्ड २७.८१ प्रतिशत पुर्‍याउने लक्ष्य निर्धारण गरेको थियो । तर, चालु आर्थिक वर्षको ३ महिना अगावै फिक्स्ड ब्रोडव्यान्ड विस्तार गर्ने लक्ष्यभन्दा धेरै विस्तार गरिसकेको छ ।

मन्त्रालयका अनुसार चैत मशान्तसम्म नेपालमा फिक्स्ड ब्रोडव्यान्ड सेवा कुल जनसंख्याको ३१.६२ प्रतिशतमा पुगेको छ । मन्त्रालयले चैत महिनामा मात्रै फिक्स्ड ब्रोडव्यान्ड १.९९ प्रतिशत विस्तार गरेको छ । सरकारले चालु आर्थिक वर्षमा मोवाइल ब्रोडव्यान्ड कुल जनसंख्याको ७२ प्रतिशत जनसंख्यामा पुर्‍याउने लक्ष्य राखेको थियो । तर, चालु आव सकिन तीन महिना अगावै लक्ष्यभन्दा बढी अर्थात ९०.९० प्रतिशत विस्तार भइसकेको छ ।

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा इन्टरनेट सेवाको विस्तार आक्रमक ढंगले वृद्धि हुदैं गइरहेको छ । गत आर्थिक वर्षसम्म ६५.४७ प्रतिशत जनसंख्यामा मात्रै मोबाइल ब्रोडव्यान्डको पहुँच पुगेको थियो । सरकारले पनि चालु आवमा कुल जनसंख्याको ७२ प्रतिशतमा मात्रै मोबाइल ब्रोडव्यान्ड पुर्‍याउने लक्ष्य राखेको थियो ।

इन्टरनेटको विस्तार ग्रामिण क्षेत्रमा पनि तिव्र, ७३८ पालिकामा ब्रोडव्याण्ड इण्टरनेट पुग्यो

मन्त्रालयको तेस्रो त्रैमासिक प्रतिवेदनले सहरी क्षेत्रमा मात्रै नभएर इन्टरनेटको पहुँच ग्रामिण क्षेत्रमा पनि ह्वातै बढेको देखिन्छ । गत आर्थिक वर्षसम्म सात सय ५३ स्थानीय तहमध्ये सात सय १३ वटा स्थानीय तहमा मात्रै ब्रोडव्यान्ड इन्टरनेट सेवा पुगेको थियो । तर,चालु आवको ९ महिनाको अवधिमा भने सात सय ३८ स्थानीय तहमा ब्रोडव्यान्ड इन्टरनेट सेवाको पहुँच पुगेको छ । छोटो अवधिमा नै थप २४ वटा स्थानीय तहमा इन्टरनेटको पहुँच पुगेको हो ।

मन्त्रालयले फोरजी इन्टरनेट सेवाको पहुँचमा पनि वृद्धि भएको जनाएको छ । अहिलेसम्म मुलुकभरका ४७.२७ प्रतिशत जनसंख्याले फोरजी इन्टरनेट सेवा चलाउँदैं आइरहेका छन् । गत वर्षसम्म २५.४६ प्रतिशत जनसंख्यामा मात्रै फोरजी इन्टरनेटको पहुँच थियो । तर, चालु आवको ९ महिनाको अवधिमा करिव २१ प्रतिशत जनसंख्यामा थप विस्तार भएको छ । मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा स्थानीय तह, वडा कार्यालय, स्वास्थ्य केन्द्र र सामुदायिक विद्यालयमा पनि इन्टरनेटको विस्तार आक्रमक शैलीमा भइरहेको छ ।

सहसचिव सिंहले इन्टरनेट सहजै उपलब्ध भएकाले पनि पहुँचमा वुद्धि आएको र अबको मुख्य चुनौती भनेकै भरपर्दो र गुणस्तरीय इन्टरनेट सेवा प्रवाह गर्नुपर्ने बताउँछन् । ‘विगतको वर्षको तुलनामा इन्टरनेटको पहुँच वृद्धि भएको छ । तर, हाम्रो सामु अब कसरी गुणस्तरीय र भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउने भन्ने मुख्य चुनौती पनि थपिएको छ । यसका लागि आवश्यक काम गरिरहेका छौं ।’

६१९० वडामा इन्टरनेटको पहुँच

गत आर्थिक वर्षसम्म ६ हजार ४० वटा वडा कार्यालयमा मात्रै इन्टरनेटको पहुँच पुगेको थियो । चालु आर्थिक वर्षको ९ महिनामा थप १५० वटा वडा कार्यालयमा इन्टरनेट सेवा विस्तार भएको छ । यससगैं ६ हजार १९० वडामा इन्टरनेट पहुँच पुगेको छ । मुलुकभर ६ हजार ७ सय ४३ वडा कार्यालय रहेका छन् । यो ९१ दशमलव ७९ प्रतिशत हो । अझै मुलुकभर ५ सय ५३ वटा वडा कार्यालयमा अहिलेसम्म इन्टरनेट सेवा विस्तार हुन सकेको छैन । मुलुकभर ४ हजार ५ सय ४ वटा स्वास्थ्य चौकी रहेका छन् ।

तिमध्ये इन्टरनेट सेवा पुग्ने स्वास्थ्य केन्द्रको संख्या भने ४ हजार १ सय ४७ मात्रैमा पुगेको छ । अझै पनि ३ सय ५७ वटा स्वास्थ्य चौकीमा इन्टरनेट सेवा पुग्न सकेको छैन । मुलुकभरको सामुदायिक विद्यालयमा अझै इन्टरनेटको पहुँच पुग्न सकेको छैन । मुलुकभर ५ हजार ८ सय १ सामुदायिक विद्यालय रहेका छन् । तिमध्ये चालु आवको चैत मशान्तसम्मको अवधिमा ५ हजार एक सय ९६ वटा विद्यालयमा मात्रै इन्टरनेट सेवा पुगेको छ ।


Read Previous

दिल्लीमा विद्युतको माग ७ हजार मेगावाटभन्दा धेरै, जुलाईमा ८ हजार मेगावाट नाघ्ने प्रक्षेपण

Read Next

अब आयातित ग्यासलाई होइन,विद्युतीय ऊर्जामा अनुदानः आपूर्ति मन्त्री बडु

Leave a Reply

Your email address will not be published.